News Portal

दीपकराज जोशीको सबै जिम्मेवारी खोसियो, जोशीको कार्यकक्षमा कार्कीलाई सारियो

हिमाली संचार संवाददाता
६१८ पटक

काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुमाथि निगरानी थालेका छन् । राणाको अध्यक्षतामा बिहीबार बसेको न्यायपरिषद बैठकले न्यायाधीशउपर आउने गुनासा र टिकाटिप्पणी सन्दर्भमा तत्काल सम्बोधन गर्ने संयन्त्र तोकेको छ ।

प्रधानन्यायाधीश र न्यायिक अनुगमन तथा निगरानी संयन्त्रबाट न्यायाधीशहरुमाथि अनुगमन तथा निगरानी गर्ने र त्यसको प्रतिवेदन लिएर आवश्यक कदम चाल्ने परिषद्को निर्णय छ । बैठकले संवैधानिक इजलासको पुनर्गठन समेत गरेको छ। इजलासमा प्रधानन्यायाधीश राणासँगै न्यायाधीशहरु दिपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्की छन् ।

बिहीबारको न्यायपरिषद बैठकमा बरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई सहभागी गराइएन । संसदीय सुनुवाइबाट अस्वीकृत भएका जोशी सहभागी हुने बैठकमा नजाने कानुनमन्त्री भानुभक्त ढकालको अडानका कारण परिषद्को बैठक बस्न सकेको थिएन ।

संवैधानिक इजलासमा समेत नपारिएका बरिष्ठतम न्यायाधीश जोशीलाई मेलमिलाप परिषदको अध्यक्षबाट समेत हटाइएको छ । उनको ठाउँमा ईश्वरप्रसाद खतिवडालाई अध्यक्ष तोक्न न्याय परिषदले प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ ।

जबरा प्रधानन्यायाधीश भए लगत्तै इजलास खोसिएका विवादस्पद जोशीको बरिष्ठतम हैसियत र कार्यालय (चेम्बर) समेत खोसिएको छ । राणाले पद सम्हाले लगतै जोशीलाई राजीनामा दिएर अदालतलाई निकास दिन सुझाएका थिए । त्यसको भोलिपल्टै जोशीको बरिष्ठतम न्यायाधीशको हैसियत पनि खोेसिएको छ ।

दोस्रो वरियतामा रहने न्यायाधीशलाई दिने गरिएको एक नम्बर इजलास दीपककुमार कार्कीलाई दिएका छन् । सर्वोच्चको न्यायाधीशहरुको वरियतामा जोशीपछि कार्की आउँछन् । बिहीबारबाटै जोशीको कार्यकक्षमा दीपक कार्कीलाई सारिएको छ ।

जोशीलाई बिहीबारबाटै इजलास तोकिएको छैन ।
यसैबीच बैठकले उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा सुर्खेतबाट हरिकुमार पोखरेललाई सरुवा गरिएको छ । रिक्त रहेको मुख्य न्यायाधीश पदमा उच्च अदालत पाटनको हेटौंडा इजलासकी न्यायधीश सुष्मालता माथेमालाई पदस्थापन गर्न सिफारिस गरिएको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...