News Portal

सरकारी कार्यालयमा एउटै नम्बर प्लेटका ३ गाडी, कार्यलय प्रमुख बेखबर !

हिमाली संचार संवाददाता
५६५ पटक

काठमाडौं : एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा के सोच्नु हुन्छ ? पक्कै पनि अनौठो मान्नु होला । बुधबार बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा यस्तै अनौठो दृश्य देखियो । यो कानुनविपरीतको काम गरेका छन्, राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले ।उनीहरूले चोरीका तीन गाडीलाई यसरी एउटै नम्बर राखेर प्रयोग गरिरहेका हुन् ।

एक वर्षअघि अवैध चाँदीसहित बा १२ च ६७९० नम्बरको सुजुकी वाग्नर कार बरामद गरिएको थियो । त्यही नम्बरलाई राजस्व अनुसन्धानका कर्मचारीले अन्य दुई गाडीमा पनि दुरुपयोग गरेका हुन् । कार्यालय प्रमुख राजनकुमार बिसीकै निर्देशनमा सिमराको एक आर्ट्स हाउसमा एकसाताअघि दुवै गाडीमा नम्बरप्लेट राखिएको राजस्व अनुसन्धान कार्यालय स्रोतले बताएको नयाँपत्रिका दैनिकले समाचार लेखेको छ।

प्रहरीबाटै बरामद भएको थियो कार

राजश्वका कर्मचारीले एउटै नम्बर प्रयोग गरेर चढ्ने गरेको तीनवटा कारमध्ये एउटा गत १३ भदौमा प्रहरीबाटै बरामद गरिएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक बुद्धि चौधरीले चलाएर बीरगञ्जबाट चितवनतर्फ लगिरहेका बेला राजश्व अनुसन्धान कार्यालय, पथलैयाको चेकपोस्टबाट बरामद भएको थियो ।

युपी १३ बीबी ७२६० नम्बरको सुकुकी ब्रिजा कार राजस्वले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर, राजश्व अनुसन्धानका कर्मचारीले नियमानुसार लिलाम नगरी जथाभावी नम्बर राखेर चढिरहेका छन् । बुधबार बिहान र अपराह्न फरक–फरक नम्बर प्रयोग गरिएको पनि सोही ब्रिजा कारमा हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाउने तयारी

फरक–फरक नम्बर प्रयोग गरि राजश्व कार्यालयका कर्मचारीले चढ्ने गरेको सुविधाजनक सुजुकी व्रिजा र सुजुकी इरिट्जा कार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीका लागि पठाउने तयारी गरिएको छ । केही दिनमै काठमाडौं पठाउन लागिएको स्रोतले जनाएको छ ।

दुई गाडी सरकारीकरण गर्ने प्रक्रिया पुरा भएको राजश्व अनुसन्धान कार्यालय प्रमुख बिसीले बताए । ‘गाडी नेपाल सरकारको नाममा आइसकेको छ, अब लिलाम गर्ने वा हस्तान्तरण गर्ने भन्ने निर्णय हुन बाँकी छ,’ उनले भने ।

पाँच घन्टामै नम्बर परिवर्तन

बुधबार बिहान ११ः३० बजे राजस्व अनुसन्धान परिसरमा भेटिएका एउटै नम्बरका तीनवटा गाडीका विषयमा सोध्दा कार्यालय प्रमुख बिसीले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । तर, अपराह्न ४ बजे भने नम्बरप्लेट परिवर्तन गरिएका थिए ।

बिहान बा १२ च ६७९० नम्बरप्लेट रहेको एउटा गाडीमा अपराह्न ना २ च ९५१० नम्बरको प्लेट राखिएको छ । यातायात व्यवस्था कार्यालय वीरगन्जको रेकर्डअनुसार ना २ च ९५१० नम्बरमा ‘महिन्द्रा कम्पनीको डबल क्याप पिकअप’ गाडी दर्ता छ ।

कार्यालय प्रमुख बिसीले उक्त नम्बर कहाँबाट लेखियो भन्ने आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । ‘मैले लेख्या त होइन, अब कार्यालयका साथीहरूले किन नम्बर चेन्ज गरेछन् म बुझछु । आज यो समाचार लेखेर भोलि फलोअपमा आउनुस् अनि भनुँला’ उनले भने । त्यस्तै, अर्को गाडीको नम्बरप्लेट हटाइएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...