News Portal

त्रिशूली जलविद्युत आयोजनामा आगलागी, नुवाकोटमा विद्युत आपूर्ति बन्द

हिमाली संचार संवाददाता
६६१ पटक

 

फाइल फोटो

काठमाडौं : नुवाकोटमा रहेको त्रिशूली जलविद्युत आयोजनामा आगलागी भएको उज्यालोमा खबर छ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर एकमा रहेको २१ मेगावाट क्षमताको जलविद्युत आयोजनामा आगालागी हुँदा विद्युत उत्पादन बन्द भएको छ ।

बुधबार साँझ आयोजनामा रहेको ६.६ केभीको जेनेरेटर बसमा फायरिङ भएर आगलागी भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विदुर नगरपालिकाको दमकल प्रयोग गरेर आगो निभाइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन। आगलागीबाट के कति भौतिक क्षति भयो भन्ने जानकारी नआएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

आगलागीबाट नुवाकोटमा विद्युत आपूर्ति बन्द भएको छ भने धादिङ र रसुवाका केही भागमा पनि विद्युत आपूर्ति बन्द भएको छ । आयोजनाको यो प्लान्टमा गएको असार २६ र मंसिर ८ गते पनि आगलागी भएको थियो ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...