News Portal

नेवि संघ दार्चुलाको अध्यक्षमा भट्ट, उपाध्यक्षमा जोशी

हिमाली संचार संवाददाता
५४८ पटक

किरन धामी
दार्चुला : नेपाल विद्यार्थी संघ दार्चुलाको नवौं जिल्ला अधिवेसनबाट रमेश भट्ट अध्यक्षमा चयन भएका छन् । नेपाल विद्यार्थी संघ दार्चुलाको यसअघिको कार्यकालमा सचिव रहेका भट्ट नेविसंघको नवौं जिल्ला अधिवेसनबाट अध्यक्ष पदमा चयन भएका हुन् ।

अध्यक्ष पदका लागी थुप्रै नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरु आकांक्षी देखिएका भए पनि अधिवेशनको बन्दसत्रबाट सहमतीका आधारमा भट्टलाई अध्यक्षमा चयन गरिएको विद्यार्थी नेता दिपक खातीले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको उपाध्यक्षमा दिवाकर जोशी, सचिवमा धनेन्द्र सिह धामी र हरी जोशी, कोषाध्यक्षमा अर्जुन सिह धामी चयन भएको उनले जानकारी दिए ।

नेपाल विद्यार्थी संघ जिल्लाकार्य समिति १९ सदस्यीय भएको उनले जानकारी दिए ।

समितिको सदस्यहरुमा मञ्जु जोशी, ललिता धामी, उमा सार्की, सचिन अवस्थी, अमृत बोहारा, मंगल रोकाया, कृष्ण रावल, सुनिल पन्त, विष्णु दत्त ओझा, विजय जोशी, मनिसा चन्द, विजया बडाल र तुलसी बडू चयन हुनु भएको छ ।

नेपाल विद्यार्थी संघ दार्चुलाको नवौं जिल्ला अधिवेसन प्रतिनिधिसभा सदस्य एवं पुर्व मन्त्रि दिलेन्द्र प्रसाद बडूले उद्घाटन गरेका थिए ।

प्रतिकृया दिनुहोस्

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...