News Portal

अब विद्युतीय सवारी चालक अनुमतिपत्र डोटीबाटै नविकरण गर्न सकिने

हिमाली संचार संवाददाता
४९८ पटक

डोटी : विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) अब डोटीबाटै नविकरण हुने भएको छ। यातायात व्यवस्था सेवा कार्यालय डोटीले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि एवं दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासीले मंगलबार स्मार्ट कार्डको उद्घाटन गर्नु भएको छ ।

दार्चुला घर भइ डोटीको राजपुरमा मठैराज बालिचन कम्प्युटर सेन्टरका सञ्चालक दिनेश साउँदको पहिलो पटक स्मार्ट कार्डको विद्युतीय सवारी चालक अनुमतिपत्र नविकरण गरिएको छ ।

डोटीमा स्मार्ट कार्ड नविकरण कार्य सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निर्देशनमा भएको छ । विद्युतीय सवारी चालक अनुमतिपत्र नविकरण सेवा शुरु हुनु डोटीको लागि सुखद भएको यातायात व्यवस्था विभाग काठमाडौँका सूचना प्रविधि निर्देशक श्रीचन्द्र शाहले बताउनुभयो ।

वि.स. २०७२ सालमा डोटीमा स्थापना भएको उक्त कार्यालयले हालसम्म सवारी पट्के कर सेवा मात्रै लिँदै आएको थियो । लगत्तै नगर विकास समितिको जग्गामा सवारी साधनको चालक अनुमति पत्रका लागि ट्रायल सेन्टर पनि सञ्चालन हुने यातायात व्यवस्था सेवा कार्यालय डोटीका प्रमुख ध्रुव दयालले बताउनुभयो ।

शैलेश्वरी यातायात व्यवसायी संघ डोटीका अध्यक्ष गणेश मलासीले यातायात व्यवस्था सेवा कार्यालय डोटीले कार्यालय स्थापनाको लामो समयपछि सेवा शुरु गरेर नविकरणकै लागि कैलाली पुग्नुपर्ने र हजारौं रकम खर्च गर्नु पर्ने बाध्यता टरेकोमा बताउनुभयो।

‘सामान्यतया लाइसेन्स रिनु गर्न र कर बुझाउनकै लागि कैलाली पुग्नु पथ्र्यो’, उहाँले भन्नुभयो, ‘५ सयमा हुने कामका लागि हजारौ रकम खर्च हुन्थ्यो त्यो जोगिने भयो उज्यालोमा समाचार छ।

प्रतिकृया दिनुहोस्

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...