News Portal

फुटबलमा एपीएफ क्लबसँग नेपाल पुलिस क्लब पराजित

हिमाली संचार संवाददाता
५१४ पटक

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय क्लब एपीएफ क्लबसँग अर्को विभागीय क्लब नेपाल पुलिस क्लब पराजित भएको छ । हलचोकस्थित आफ्नै मैदानमा भएको खेलमा एपीएफले पुलिसलाई ४–१ ले पराजित गरेको हो ।

एपीएफको जितमा युवराज खड्काले दुई गोल गरे । त्यस्तै, राजेन्द्र रावल र हरि कार्कीले समान १–१ गोल गरे । यता, पुलिसका अजित भण्डारीले एक गोल फर्काएका थिए ।

खेलको २० औं मिनेटमा राजेन्द्रले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा हरिले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे । ४३ औं मिनेटमा युवराजले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । तर पहिलो हाफको अतिरिक्त समयमा अजितले गोल गर्दै पुलिसलाई ३–१ गोलको स्थितिमा ल्याए । खेलको ८५ औं मिनेटमा युवराजले गोल गर्दै एपीएफलाई ४–१ गोलको जित दिलाए ।

जितसँगै एपीएपको १२ खेलबाट २० अंक भएको छ । पराजित पुलिसको भने १२ खेलबाट १८ अंक रहेको छ । त्यस्तै, ललितपुरको सातदोबाटोमा मंगलबार नै भएको खेलमा सरस्वती युथ क्लबले च्यासल युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ । खेलको १४ औं मिनेटमा नै च्यासलका सजिन थापामगरले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर सुरुवातमै लिएको अग्रता च्यासलले जोगाउन नसक्दा हार ब्यहोरेको हो । खेलको ८६ औं मिनेटमा मनिष थापाले गोल गर्दै सरस्वतीलाई १–१ गोलको स्थितिमा पु¥याएका थिए । त्यस्तै, खेलको अतिरिक्त समयमा फ्रान्सिस ओकेचुकोले गोल गर्दै सरस्वतीलाई २–१ गोलको जित दिलाएका हुन् ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...