News Portal

  • रक्सी सँगै खाएर समान्य विवादपछि हत्या, ३ जना पक्राउ

    हिमाली संचार संवाददाता
    ६२३ पटक

    अमृत सुवेदी
    पोखरा : पर्वतका ७३ वर्षीय दिलबहादुर सार्की खुम्ब्रुखु भन्ने गाउँमा पुगे । पर्वत मोदी-२ देउपुरका दिलबहादुर झोक्राएर बसेको देखेपछि खुम्ब्रुखु निमबहादुर सार्कीले उनलाई देखे । चिनजान गरे । दिलबहादुरले ३ दिन खाना नखाएको बताएपछि निमबहादुरले खाना मात्रै होइन रक्सी नै खुवाउँछु भनेर लगे ।

    बाटामा निमबहादुरका भाइ लालसिंह थपिए । निमबहादुरको घर नजिकै उनीहरुले रक्सी पिउँदै थिए । एकछिनमा निमबहादुरका छोरा बुद्धिमान आइपुगे र सँगै खान थाले । रक्सी खाँदै गएपछि उनीहरुले कुखुरा काटेर खाने भन्दै खोज्ने तरखरमा थिए । यत्तिकै दिलबहादुरले मुख छाडेको भनेर उनीहरुबीच बिवाद भयो ।

    अर्को पटक पनि नराम्रो शब्द प्रयोग गरेर बोलेको भन्दै विवाद हुन थालेपछि निमबहादुरका छोरा बुद्धिबहादुरले दिलबहादुरलाई हिर्काए । त्यसपछि बुद्धिका काका लालसिंहले कुटे र अन्तिममा निमबहादुर पनि मिलेर कुटपिट गरेपछि दिलबहादुरको ज्यानै गयो ।

    सँगै रक्सी खाएर भएको सामान्य विवादले दिलबहादुरको ज्यान लियो । दिलबहादुर मृत्युपछि उनीहरुले नजिकैको मोदी खोलाको पुलबाट शव फालिदिए । घटना ९ गतेको हो । त्यसको भोलिपल्ट मोदी खोलामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरी शव निकालेर अनुसन्धान थाल्यो । आफूमाथि शंका नहोस् भनेर शव निकाल्नेदेखि अनुसन्धानमा सघाउनेसम्म उनै बुद्धिमान थिए । पछि प्रहरीले बुद्धिमानमाथि नै शंका गर्‍यो र अनुसन्धान बढायो । अनुसन्धानबाट बुद्धिमान लगायत ३ जनाले उनको हत्या गरेको प्रहरीले निश्कर्ष निकाल्यो । तीनै जनालाई आइतबार पक्राउ गर्‍यो ।

    दिलबहादुरको हत्या आरोपमा पक्राउ परेका बुद्धिमान, उनका बुबा निमबहादुर र काका लालसिंहलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार दिलबहादुर सुस्त मनस्थितिका थिए ।

    सुस्त मनस्थितिका दिलबहादुर घुम्दैफिर्दै खुम्ब्रुखु गाउँ पुगेका थिए ।  पक्राउ परेकाहरूले दिलबहादुरको हत्या गरी कसैले थाहा नपाओस् भनेर पुलबाट फालेको बयान दिएका छन् ।

    ‘सँगै रक्सी खाएर भएको सामान्य विवादपछि दिलबहादुरमाथि कुटपिट हुँदा मृत्यु भएको अनुसन्धानबाट खुलेको छ,’ कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पुष्टि गरे । पुलमा रगत देखिएपछि प्रहरीले  दिलबहादुरको हत्याको आशंका गरेको थियो । पुलमा माटोले रगत पुरिएको थियो ।

    शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । हत्या आरोपमा पक्राउ परेका तीनै जनालाई हत्या अभियोगमा मुद्दा अगाडि बढाइएको कास्की प्रहरी प्रमुख रानाले जानकारी दिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...