News Portal

रक्सी सँगै खाएर समान्य विवादपछि हत्या, ३ जना पक्राउ

हिमाली संचार संवाददाता
७१३ पटक

अमृत सुवेदी
पोखरा : पर्वतका ७३ वर्षीय दिलबहादुर सार्की खुम्ब्रुखु भन्ने गाउँमा पुगे । पर्वत मोदी-२ देउपुरका दिलबहादुर झोक्राएर बसेको देखेपछि खुम्ब्रुखु निमबहादुर सार्कीले उनलाई देखे । चिनजान गरे । दिलबहादुरले ३ दिन खाना नखाएको बताएपछि निमबहादुरले खाना मात्रै होइन रक्सी नै खुवाउँछु भनेर लगे ।

बाटामा निमबहादुरका भाइ लालसिंह थपिए । निमबहादुरको घर नजिकै उनीहरुले रक्सी पिउँदै थिए । एकछिनमा निमबहादुरका छोरा बुद्धिमान आइपुगे र सँगै खान थाले । रक्सी खाँदै गएपछि उनीहरुले कुखुरा काटेर खाने भन्दै खोज्ने तरखरमा थिए । यत्तिकै दिलबहादुरले मुख छाडेको भनेर उनीहरुबीच बिवाद भयो ।

अर्को पटक पनि नराम्रो शब्द प्रयोग गरेर बोलेको भन्दै विवाद हुन थालेपछि निमबहादुरका छोरा बुद्धिबहादुरले दिलबहादुरलाई हिर्काए । त्यसपछि बुद्धिका काका लालसिंहले कुटे र अन्तिममा निमबहादुर पनि मिलेर कुटपिट गरेपछि दिलबहादुरको ज्यानै गयो ।

सँगै रक्सी खाएर भएको सामान्य विवादले दिलबहादुरको ज्यान लियो । दिलबहादुर मृत्युपछि उनीहरुले नजिकैको मोदी खोलाको पुलबाट शव फालिदिए । घटना ९ गतेको हो । त्यसको भोलिपल्ट मोदी खोलामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी शव निकालेर अनुसन्धान थाल्यो । आफूमाथि शंका नहोस् भनेर शव निकाल्नेदेखि अनुसन्धानमा सघाउनेसम्म उनै बुद्धिमान थिए । पछि प्रहरीले बुद्धिमानमाथि नै शंका गर्‍यो र अनुसन्धान बढायो । अनुसन्धानबाट बुद्धिमान लगायत ३ जनाले उनको हत्या गरेको प्रहरीले निश्कर्ष निकाल्यो । तीनै जनालाई आइतबार पक्राउ गर्‍यो ।

दिलबहादुरको हत्या आरोपमा पक्राउ परेका बुद्धिमान, उनका बुबा निमबहादुर र काका लालसिंहलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार दिलबहादुर सुस्त मनस्थितिका थिए ।

सुस्त मनस्थितिका दिलबहादुर घुम्दैफिर्दै खुम्ब्रुखु गाउँ पुगेका थिए ।  पक्राउ परेकाहरूले दिलबहादुरको हत्या गरी कसैले थाहा नपाओस् भनेर पुलबाट फालेको बयान दिएका छन् ।

‘सँगै रक्सी खाएर भएको सामान्य विवादपछि दिलबहादुरमाथि कुटपिट हुँदा मृत्यु भएको अनुसन्धानबाट खुलेको छ,’ कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पुष्टि गरे । पुलमा रगत देखिएपछि प्रहरीले  दिलबहादुरको हत्याको आशंका गरेको थियो । पुलमा माटोले रगत पुरिएको थियो ।

शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । हत्या आरोपमा पक्राउ परेका तीनै जनालाई हत्या अभियोगमा मुद्दा अगाडि बढाइएको कास्की प्रहरी प्रमुख रानाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...