News Portal

    कार्यालय सहयोगीले चलाउँछन् नेपाल–भारत जोड्ने कोइलाबास भन्सार नाका

    हिमाली संचार संवाददाता
    ६५४ पटक

    हेमराज शर्मा
    दाङ : देउखुरी क्षेत्रमा पर्ने नेपाल–भारत जोड्ने कोइलाबास भन्सार नाका अहिले सुनसान छ । कोइलाबासको भन्सार कार्यालयमा पाँचजनाको दरबन्दी रहेको छ । तर कार्यालयमा भने करारमा राखिएका कार्यालय सहयोगी मात्र हुन्छन् । कार्यालय सहयोगीको धेरैजसो दिनको काम कार्यालय खोल्ने र बन्द गर्ने हुने गरेको छ ।

    २०४५ सालतिर भारतले यो नाका बन्द गर्ने निर्णय गरेपछि कार्यालय पनि कामविहीन बनेको हो । यो नाका कुनै समय देशभर धेरै राजस्व उठाउने भन्सार नाका मध्ये दोश्रो नम्बरमा पर्ने गथ्र्यो ।

    तर गएको १० वर्षको तथ्यांक हेर्ने हो भने यो भन्सार कार्यालयबाट आर्थिक वर्ष ०६६/६७ मा सबैभन्दा बढी ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

    चालु आर्थिक वर्षको पाँच महिना मध्ये सबैभन्दा बढी मंसिर महिनामा १ लाख ३२ हजार रुपैयाँ संकलन भएको कार्यालय सहयोगी बिनोद थापाले जानकारी दिनुभयो ।

    चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २ हजार ९ सय रुपैयाँ मात्रै राजश्व संकलन भएको कार्यालयको तथ्यांकले देखाउँछ । नेपालतर्फ भन्सार कार्यालय र कर्मचारिको दरबन्दी रहे पनि भारततर्फ भने भन्सारको कुनै कार्यालय छैन ।

    यो नाकाबाट सामान आयात तथा निर्यात गर्दा भारतको कृष्णनगर भन्सार कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । यो झन्झटिलो प्रकृयाका कारण पनि नाका सुनसान भएको कोइलाबास क्षेत्रका वडा अध्यक्ष सद्दाम सिद्धिकी बताउनु हुन्छ ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    एनसीसीको चुनाव बढीमा ६ महिनासम्म सार्न सकिने एनआरएनएको निर्णय (पत्रसहित)

    काठमाडौँ, असार ३ — गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) ले अहिलेको विशिष्ट...

    गौशाला नगरपालिकामा उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक, नगरप्रमुखकै आदेशमा गेटमै तालाबन्दी

    महोत्तरी, असार ३ – गौशाला नगरपालिकामा जनप्रतिनिधिहरूबीचको आपसी विवाद सार्वजनिकरूपमा चुलिएको छ। नगरप्रमुख डा. दीपेन्द्र...

    सभामुख र गृहमन्त्रीबीच संसद् गतिरोध अन्त्य गर्न छलफल, सहमति प्रयास जारी

    काठमाडौं, असार ३ – प्रतिनिधिसभाको अवरोध हटाउने प्रयासस्वरूप सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबीच...

    भक्तपुरमा दुई दिनदेखि बेपत्ता भएका पुरुष मृत अवस्थामा भेटिए

    भक्तपुर, असार ३ – भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित खोरिया गणेशस्थान मन्दिर नजिकैको धान खेतमा एक...

    सम्पर्कविहीन भएका डाक्टर केशव श्रेष्ठ गृहमन्त्रीसँग भेट, पीडा सुनाउँदै भावुक

    काठमाडौं, असार ३ – केही समयदेखि सम्पर्कविहीन रहेका डाक्टर केशव श्रेष्ठ अन्ततः गृहमन्त्री रमेश लेखकसँग...