News Portal

कार्यालय सहयोगीले चलाउँछन् नेपाल–भारत जोड्ने कोइलाबास भन्सार नाका

हिमाली संचार संवाददाता
७७३ पटक

हेमराज शर्मा
दाङ : देउखुरी क्षेत्रमा पर्ने नेपाल–भारत जोड्ने कोइलाबास भन्सार नाका अहिले सुनसान छ । कोइलाबासको भन्सार कार्यालयमा पाँचजनाको दरबन्दी रहेको छ । तर कार्यालयमा भने करारमा राखिएका कार्यालय सहयोगी मात्र हुन्छन् । कार्यालय सहयोगीको धेरैजसो दिनको काम कार्यालय खोल्ने र बन्द गर्ने हुने गरेको छ ।

२०४५ सालतिर भारतले यो नाका बन्द गर्ने निर्णय गरेपछि कार्यालय पनि कामविहीन बनेको हो । यो नाका कुनै समय देशभर धेरै राजस्व उठाउने भन्सार नाका मध्ये दोश्रो नम्बरमा पर्ने गथ्र्यो ।

तर गएको १० वर्षको तथ्यांक हेर्ने हो भने यो भन्सार कार्यालयबाट आर्थिक वर्ष ०६६/६७ मा सबैभन्दा बढी ५० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्षको पाँच महिना मध्ये सबैभन्दा बढी मंसिर महिनामा १ लाख ३२ हजार रुपैयाँ संकलन भएको कार्यालय सहयोगी बिनोद थापाले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २ हजार ९ सय रुपैयाँ मात्रै राजश्व संकलन भएको कार्यालयको तथ्यांकले देखाउँछ । नेपालतर्फ भन्सार कार्यालय र कर्मचारिको दरबन्दी रहे पनि भारततर्फ भने भन्सारको कुनै कार्यालय छैन ।

यो नाकाबाट सामान आयात तथा निर्यात गर्दा भारतको कृष्णनगर भन्सार कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । यो झन्झटिलो प्रकृयाका कारण पनि नाका सुनसान भएको कोइलाबास क्षेत्रका वडा अध्यक्ष सद्दाम सिद्धिकी बताउनु हुन्छ ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...