News Portal

नेकपाका महासचिव पौडेल भन्छन् : प्रदेश राजधानीको पिठो धेरै नपिसौं !

हिमाली संचार संवाददाता
४८१ पटक

बुटवल : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले प्रदेश ५ को स्थायी राजधानीबारे धेरै पिठो पिस्नु नपर्ने बताएका छन् ।

तमु ल्होसारको अवसरमा गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले गरेको कार्यक्रममा पौडेलले जनताले प्रदेशको स्थायी राजधानी कहाँ चाहन्छन् भन्नेमा प्रदेश सरकार र प्रदेश सांसदहरु जानकार रहेको बताए।

‘प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका विषयमा अब पनि धेरै पिठो पिस्नुपर्छ जस्तो मलाई लाग्दैन । यहाँका जनता के चाहन्छन्, त्यो सांसदहरु जान्दछन् र त्यही आधारमा उचित निर्णय गर्छन्,’ पौडेलले भनेका छन् ।

त्यसअघि कांग्रेस नेता खेलराज पाण्डेले सत्तारुढ दल नेकपाका स्पष्ट दुई तिहाई वहुमत हुँदाहुँदै प्रदेश ५ को स्थायी राजधानी तोक्न ढिलाई भएको भन्दै आलोचना गरेका थिए ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बेलहिया-बुटवल ६ लेन सडक, अन्तराष्ट्रिय सभाहल, सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग लगायतका आयोजना छिट्टै हुने भएकाले प्रदेश राजधानीका लागि बुटवल उपयुक्त हुने उनको धारणा छ ।

नेकपा महासचिव पौडेलले विदा कटौतीबारे प्रधानमन्त्री र सरकारलाई सकारात्मक रुपमा ब्रिफिङ गर्ने आश्वासन दिए । धेरै विदा दिँदा देश निर्माणमा वाधा पुग्ने देखेर सरकारले केही कटौती गरेको पनि उनले स्पष्टीकरण दिए ।

शुभकामना सन्देश पठाउने विचारमा रहेको तर, गुरुङ समुदायले विदा कटौतीको विरोधमा कालो ब्यानरमा कार्यक्रम गर्दैछन् भन्ने थाहा पाएर बुटवल आएको उनले बताए ।

ल्होसारमा सार्वजनिक विदा दिनुपर्ने माग गर्दै चरणवद्ध आन्दोलनमा रहेका गुरुङ समुदायले शनिबार बुटवलमा वृहत विरोध र्‍याली निकालेका थिए । र्‍यालीमा ५ हजार बढीको सहभागिता रहेको परिषदका सचिव ओमप्रकाश गुरुङले बताए ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...