News Portal

शाही युवा शक्ती नेपालद्धारा चाडै कालो गणतन्त्रलाई झापड दिने चेतावनी

हिमाली संचार संवाददाता
८३१ पटक

काठमाण्डौ : स्वर्गीय राजा बिरेन्द्रको ७४ अौं जन्मजयन्तीको अवसरमा शाही युवा शक्ती नेपालले राजधानीमा बृहत मोटरसाईकल र्‍याली निकालेको छ ।

ललितपुरको लगनखेलबाट सुरु भएको मोटरसाईकल र्‍याली जाउलाखेलमा रहेको स्व. राजा बिरेन्द्रको शालीकमा पुगेर कोण सभामा परिणत भएको थियो । हजारौंको संख्यामा मोटरसाईकल सहित युवाहरूले र्‍यालीमा सहभागीता जनाएका थिए । र्‍यालीका सहभागीहरू ले ‘राजा आऊ देश बचाउ’ भन्दै गणतन्त्र विरोध नारा समेत लगाएका थिए ।

स्व. राजा बिरेन्द्रको शालीकमा माल्यार्पण गरेपछी कोणसभामा सम्बोधन गर्दै शाही युवा शक्ती नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्काले यही पुष २७ गते हजारौ जनताको साथ सिंहदरबारमा भएका नेतारूपी भेडाहरूलाई बिस्थापन गरी राजसंस्था फर्काउने उद्धघोष गरेका छन् ।

खड्काले सासंदमा शुक्रबार मात्रै पुर्वराजा ज्ञानेन्द्रको गतिविध माथी प्रतिबन्ध लगाई नजरबन्धमा राख्नु पर्छ भन्ने आवाज उठेको भन्दै आँट भए आफुलाई हालेर देखाउन चुनौती समेत दिएका छन् ।

कार्यक्रममा शाही युवा शक्ती नेपालका केन्द्रिय सदस्य संयोग जंग शाहले पतन र अलोकप्रिय हुदै गरेको यो कालो गणतन्त्र र कपुत कम्युनिष्टहरू पुर्वराजा ज्ञानेन्द्रको लोकप्रियता र राजसंस्था प्रेमीहरूले झपट रावलका साथै यो निरंकुश गणतन्त्र सरकारलाई चाडै नै झापड हान्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...