News Portal

  • दाङ बस दुर्घटनाबाट बाँच्ने ‘भाग्यमानी’ विद्यार्थीहरुको कथा !

    हिमाली संचार संवाददाता
    ५७५ पटक
    काठमाडौं : दाङको शहिद कृष्णसेन ईच्छुक प्राविधिक शिक्षालय यसै वर्षदेखि सञ्चालनमा आएको हो । आफ्नै क्षेत्रमा खोलिएको विद्यालयमा प्राविधि शिक्षा हासिल गर्नका लागि दाङ मात्र नभएर रुकुम, रोल्पा अछामसम्मबाट एसइई पास गरेका विद्यार्थीहरु दाङ सदरमुकाम झरेका थिए ।

    पहिलो ब्याज भए पनि फरेस्टी पढ्नेहरुको चाप राम्रै थियो । पुस ६ गते फरेस्टीका विद्यार्थी व्यवहारिक शिक्षाका लागि सल्यानस्थित मुलपानीमा रहेको वनस्पति उद्दानको अवलोकनका लागि बा ४ ख ९७६६ नम्बरको बसमा हुइकिए । बसमा २ शिक्षक, ३२ विद्यार्थी र गाडीका ३ जना कर्मचारी थिए । उनीहरु अवलोकन पनि सकेर फर्किए । दाङ सदरमुकाम तुलसीपुर पुग्न केही किलोमिटरमात्रै बाँकी थियो । सबै जना रोमान्टिक मुडमा थिए । कोही अगाडिको सिटमा गीत गाएर रमाउँदै थिए भने कोही पछाडिको सिटमा मस्त निद्रामा थिए ।

    बसले तुलसीपुर उपमहानगरपालिका–३ राम्री भन्ने ठाउँको घुम्ती काट्दै थियो । अचानक बस ठोक्कियो र बेस्सरी हल्लियो । चन्दनाथ नगरपालिका–२ जुम्लाका १७ वर्षीय जीवन भण्डारीले यत्ति थाहा पाए । अर्कोपटक पनि थाहा पाए । त्यतिबेला उनलाई अनकन्टार भिरालो खोलाको किनारमा उभिएजस्तो लाग्छ । उनले भने, बचाउ ! बचाउ ! तेस्रोपटक थाहा पाउँदा उनी काठमाडौंको ट्रमा सेन्टरको बेडमा लडिरहेका थिए । भण्डारीले थाहा पाउँदासम्म ७०० मिटर तल खसेको बसका उनका साथी दुई शिक्षक तीन चालकसहित २३ जनाको मृत्यु भइसकेको थियो भने १२ जना उनीसँगै ट्रमा सेन्टरमा उपचाररत थिए ।

    चन्दननाथ नगरपालिका–२ जुम्लाका जीवन भाग्यबस सात सय मिटर तल झर्न पाएनन् । बसबाट उछिट्टिएर भीरमै अल्झिए । त्यसैले उनी त्यति धेरै सिरियस छैनन् । तर, उनको शरीरभरि चोटै चोट छन् । उनीभन्दा भाग्यमानी साथी कुशेन्द्र खत्री रहेछन् । उनी वान्ता गर्नका लागि टाउको बाहिर निकालेर बसेका थिए । त्यही बेला बस घुम्तीमा नघुमेर सिधै भीरतिर झर्‍यो । उनले रुखको डाली समाउन पाए, अनि सकुशल भए । तर, जुम्लाबाट फरेस्टी पढ्न आएका उनका १२ जना साथी भने सधैंका लागि उनलाई छाडेर गइसकेका छन् ।

    ट्रमा सेन्टरकै बेडमा अछामका १६ वर्षीय भद्र विष्ट घाँटीसम्म ब्लाङ्केट ओडेर सुतेका छन् । खुइलिएको टाउको र अनुहारभरि चोट देखिन्छ । उनका पनि औँला र खुट्टाको हाड फुटेका छन् । ट्रमा सेन्टरको पाँचौं तलाको बेडमा १६ वर्षीया रोजिना पुन मगर शरीरभरि चोट बोकेर लडिरहेकी छिन् । उनका खुट्टा कोतरिएका छन्, अनुहारको छाला खुइलिएको छ । हिपमा निकै ठूलो चोट छ । शरीरमा त्यस्तो कुनै खाली भाग छैन, जहाँ चोट नलागेको होस् ।

    तर, सानीभेरी रुकुमकी रोजिनालाई बेहिसाव चोटको प्रवाह छैन । यतिसम्म कि अहिलेसम्म दुर्घटना भएको पनि थाहा पाएकी छैनिन् । यतिबेला उनलाई कुन ठाउँमा के गरिरहेछिन् भन्नेसमेत हेक्का छैन । निदाइ मात्र रहन्छिन्, कति–कति बेला बोल्छिन् । बरु उनकी आमा लक्ष्मी पुनलाई यो सब घटनाले ठूलो चोट दिएको छ । उनको चोट आँखाबाट छचल्किन्छ र भन्छिन्, ‘अहिलेसम्म केही स्वर नै पाएकी छैन । उसको कुनै होस नै छैन । हामीले केही जानकारी पनि दिन सकेका छैनौँ ।’

    बस झर्दै गर्दा आधा भीरतिर नपुग्दै बस दुई फ्याक भयो । र, रोजिना त्यही भीरमा उछिटिइन् । अहिले उनी ट्रमा सेन्टरको बेडमा छिन् । शुक्रबार उनलाई भेट्दा आमाबुवा हिपको अप्रेशनको तयारीमा थिए । ट्रमा सेन्टरको छैठौं तलामा छिर्ने वित्तिकै बायाँतर्फको बेडमा देखिन्छिन्, बंगालापुरी–१, दाङकी १६ वर्षीय मेनुका रिजाल । बस बजारिने जमीनभन्दा करिव एक सय मिटर माथिको दाउरामा नअल्झिएको भए सायद उनी अहिले ट्रमा सेन्टरको बेडमा हुन्नथिन् ।

    मेनुका राम्रैसँग बोल्छिन् । उनको टाउकामा अहिले टाँकाले भरिएको छ । भाँचिएको दाहिने हातमा लामो प्लास्टर छ, करङका पाँचवटा हाड भाँचिएका छन् । उनलाई कुरेर छेउमै बसेका बाबा दोमाकान्त रिजाल भन्छन्, ‘डाक्टरले करङको हाडको अप्रेशन गर्नुपर्दैन भनेका छन् । खै, यत्तिकै निको हुन्छ कि हुँदैन । अर्का एकजना भने आइसियुमा अहिले पनि अचेत अवस्थामा छन् । दुर्घटना भएको भोलिपल्ट उनीहरुलाई हेलिकप्टरमा राखेर ट्रमा सेन्टर ल्याइएको थियो । १२ जनामध्ये सात घाइते अस्पतालबाट डिस्चार्ज भैसकेका छन् । उनीहरु सबैको उपचार सीटीइभीटीले गरिदिएको बिरामीका आफन्त बताउँछन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

    काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब...

    गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

    काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका...

    प्रधानमन्त्री ओलीको निर्देशन : १५ दिनभित्र अनावश्यक निकाय खारेजी वा गाभ्ने योजना ल्याउन आदेश

    काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा...

    १० करोडको चेक बाउन्स प्रकरणमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

    काठमाडौं, भदौ १ – कुख्यात गुन्डा नाइके राजु गोर्खाली राजधानी काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ज्ञानेन्द्र शाहीद्वारा परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग

    काठमाडौँ, भदौ १ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले...