News Portal

अमेरिकी राष्ट्रपति ट्रम्प इराक

हिमाली संचार संवाददाता
९५० पटक

बग्दाद-  युद्धग्रस्त क्षेत्रमा तैनाथ सैनिकसँग भेट नगरेको भनी देशभित्र आलोचना भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आकस्मिक इराक भ्रमणले त्यसलाई मत्थर पारेको छ, तर राष्ट्रपतिको यस कदमले इराकी नेताहरुलाई क्रोधित बनाएको छ । उनीहरुले इराकबाट अमेरिकी सैनिक फिर्ता हुनुपर्ने माग गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले इराकमा तैनाथ अमेरिकी सेनासँग इराकको अल–असद हवाई अखडामा बुधबार भेट गरेका थिए । राष्ट्रपति ट्रम्पले सुटुक्क गर्नुभएको भ्रमणलाई इराकी सांसदहरुले ‘दम्भपूर्ण’ र ‘राष्ट्रिय सार्वभौमसत्ताको उल्लङ्घन’ भनी व्याख्या गरेका छन् ।

अमेरिकी राष्ट्रपतिहरुबाट युद्धग्रस्त क्षेत्रमा हुने भ्रमणलाई प्रायः गोप्य राखिने प्रचलन छ, र ट्रम्पको सवालमा पनि यही भएको बताइन्छ । अमेरिकी राष्ट्रपतिले इराक छाड्नु केही मिनेटअघि मात्र केही व्यक्तिलाई राष्ट्रपति ट्रम्प इराकमा रहेको जानकारी थियो ।

तर राष्ट्रपति ट्रम्पको यस पटकको आकस्मिक भ्रमणलाई लिएर इराकमा राजनीतिक विवाद उत्पन्न भएको छ ।

करिब तीन घण्टा हवाई अखडामा बिताएका राष्ट्रपति ट्रम्पले सैनिकहरुलाई सम्बोधन गर्दै इस्लामिक स्टेट समूह समाप्त भएको बताएका थिए । सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्ने आफ्नो निर्णय सही भएको उनले दाबी गरेका थिए । उनले भने, ‘हामीलाई अरु देशले बल्ल देशको मान्यता दिन थालेका छन्, हामी अरुमाथि राज्य गर्ने मुलुक होइनौं ।’

तर ट्रम्पको भ्रमणप्रति इराकी सांसदहरुले बिरोध गर्न थालेका छन् । ‘ट्रम्पले आफ्ना सीमाको विचार गर्नु पर्दछ । इराकमाथि अमेरिकी अतिक्रमण अब सकिएको छ,’ इराकी सांसद सबाह अल–सैदीले बताए । ट्रम्प सुटुक्क इराक आएकोप्रति रोश प्रकट गर्दै उनले भने, ‘मानौं, इराक संयुक्तराज्य अमेरिकाकै एउटा राज्य हो ।’

ट्रम्पले इराकका कुनै पनि उच्च अधिकारीसँग भेटघाट गरेनन् । तर उनले इराकी प्रधानमन्त्री अदेल अब्दुल–महादीसँग अन्तिम समयमा फोनमा कुरा गरेका थिए । इराकी प्रधानमन्त्रीको कार्यालयले दुई नेताबीचको भेटघाट भेट्ने ठाउँका बारेमा विमति रहेका कारण अन्तिम समयमा रद्द गरिएको जनाएको छ ।

इराकको संसदले इराकबाट अमेरिकी सैनिक फिर्ता गर्ने प्रस्ताव पारित गर्ने बारेमा पटकपटक छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन ।

बग्दादबाट करिब १०० किलोमिटर पश्चिमको हवाई अखडामा तीन घण्टा बिताएका राष्ट्रपति ट्रम्पले इराकमा तैनाथ करिब पाँच हजार २०० अमेरिकी सैनिक स्वदेश फिर्ता गर्ने कुनै योजना नरहेको बताएका थिए । उनले ऐन अल–असद हवाई अखडालाई आवश्यक परेको खण्डमा सिरियाभित्र हवाई आक्रमण गर्न प्रयोग गरिने बताए ।

‘रुसी वा इरानी मामिलामा अमेरिकी स्वार्थलाई भरथेग गर्न इराकलाई प्लेटफर्मका रुपमा प्रयोग गरिनु हुन्न,’ संसदमा अल–सैदी इस्लाह समूहका वरिष्ट सांसद हकिम अल–जामिलीले बताए ।

इस्लामिक स्टेट समूह विरुद्धको गठबन्धनकै एक हिस्साका रुपमा अमेरिकी सैनिकहरु इराकमा तैनाथ छन् । अमेरिकी सैनिकहरु सन् २०११ मा इराकबाट फिर्ता भएका थिए तर इराक सरकारको आमन्त्रणमा जिहादी समूहसँगको लडाइँमा मद्दत गर्न सन् २०१४ मा पुनः इराक फर्किएका थिए । –एपी

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...