News Portal

एकान्तमा मादलुको गर्जन संगै चिसो चिसो मौसममा पिरतीको बर्को औढ्दै सुरेश रमण अधिकारी (भिडियो)

हिमाली संचार संवाददाता
८९२ पटक

नवराज तिमिल्सिना “एकान्ते”

काठमाडौं : सानै उमेरदेखि सांगीतिक माहोलमा हुर्केका र लोकगीत संगीतलाई नजिकबाट नियाल्न र अध्ययन गर्न पाएका भाग्यमानी गायक एवम् सर्जक सुरेश रमण अधिकारीलाई गित चलेको तर नाम नचलेको सर्जक एवं गायक भनेर पनि चिन्न सकिन्छ। सर्वाधिक लोकप्रिय गित बाइ बाइ माया र औंसिय जस्ता गीतका गायक एवम् सर्जक सुरेश रमण अधिकारीको पछिल्लो समयमा एकल आवाजमा रहेको “मलाई बिर्सेउ होला है” गीत सुरेशको आफ्नै युट्युब च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको छ।

पिरतीका पुराना यादहरु, एकान्तमा बज्ने बादल चिसो चिसो मौसममा बर्कोको सप्को ओडेर लगाइएको पिरती छुट्याम हुनुको कारण किन के का लागि भन्ने विषयवस्तुलाई गीतमा सुन्दर तरिकाले उठाउन खोजिएको छ।

सुरेश रमण अधिकारिको एकल आवाजमा रहेको गीतको शब्द संगीत पनि सुरेशको नै रहेको छ।विनोद बाजुरालीको संगीत arrange र खडले बाजुरालीको mixing रहेको गितको producer प्रकाश थापा हुन। स्मृति तिमल्सिना “गुरुआमा”को निर्देशन रहेको म्युजिक भिडियोमा कलाकारहरु आशिर प्रतापजंग, बिनिता क्षेत्री र निरेशधिकारिको अभिनय रहेको छ। सुरेश श्रेष्ठको छायांकन, प्रकाश धमलाको सम्पादन रहेको भिडियोमा ड्रोन व्यवस्थापन भने संतोष  महराको रहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

राजनीति जब निर्ममतामा उत्रीन्छ

– कमला थापा २०८३ वैशाख २ गते। पुराना राजनैतिक दलहरु फाल्गुन २१ को निर्वाचन पछि...

ताजपुरिया र राजवंशी समुदायले मनाए सिरुवा पर्व

रबिन्द्र बराल मोरङ, -रतुवामाई नगरपालिका–३ स्थित हनुमान चोक नजिक ताजपुरिया र राजवंशी समुदायले आफ्नो परम्परागत...

आज २०८३ वैशाख २ गतेको राशिफल

आज वैशाख २, २०८३ ( अप्रिल १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेसको ‘जरा अभियान’ सुरु, देशभर सदस्यता अद्यावधिक अभियान तीव्र

काठमाडौं, १ वैशाख — नेपाली कांग्रेसले संगठन सुदृढीकरणलाई लक्षित गर्दै ‘एक महिने जरा अभियान’ देशभर...

धादिङमा ठूलो लगानीको फ्रेन्च फ्राई उद्योग, कृषि र रोजगारीमा नयाँ सम्भावना

धादिङ, वैशाख १ – आर्थिक चुनौतीबीच धादिङको नीलकण्ठ नगरपालिका–८ स्थित कमेरे गाउँमा करिब १ अर्ब...