News Portal

एकान्तमा मादलुको गर्जन संगै चिसो चिसो मौसममा पिरतीको बर्को औढ्दै सुरेश रमण अधिकारी (भिडियो)

हिमाली संचार संवाददाता
८३१ पटक

नवराज तिमिल्सिना “एकान्ते”

काठमाडौं : सानै उमेरदेखि सांगीतिक माहोलमा हुर्केका र लोकगीत संगीतलाई नजिकबाट नियाल्न र अध्ययन गर्न पाएका भाग्यमानी गायक एवम् सर्जक सुरेश रमण अधिकारीलाई गित चलेको तर नाम नचलेको सर्जक एवं गायक भनेर पनि चिन्न सकिन्छ। सर्वाधिक लोकप्रिय गित बाइ बाइ माया र औंसिय जस्ता गीतका गायक एवम् सर्जक सुरेश रमण अधिकारीको पछिल्लो समयमा एकल आवाजमा रहेको “मलाई बिर्सेउ होला है” गीत सुरेशको आफ्नै युट्युब च्यानल मार्फत बजारमा सार्वजनिक गरिएको छ।

पिरतीका पुराना यादहरु, एकान्तमा बज्ने बादल चिसो चिसो मौसममा बर्कोको सप्को ओडेर लगाइएको पिरती छुट्याम हुनुको कारण किन के का लागि भन्ने विषयवस्तुलाई गीतमा सुन्दर तरिकाले उठाउन खोजिएको छ।

सुरेश रमण अधिकारिको एकल आवाजमा रहेको गीतको शब्द संगीत पनि सुरेशको नै रहेको छ।विनोद बाजुरालीको संगीत arrange र खडले बाजुरालीको mixing रहेको गितको producer प्रकाश थापा हुन। स्मृति तिमल्सिना “गुरुआमा”को निर्देशन रहेको म्युजिक भिडियोमा कलाकारहरु आशिर प्रतापजंग, बिनिता क्षेत्री र निरेशधिकारिको अभिनय रहेको छ। सुरेश श्रेष्ठको छायांकन, प्रकाश धमलाको सम्पादन रहेको भिडियोमा ड्रोन व्यवस्थापन भने संतोष  महराको रहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...