News Portal

अनुयायीलाई वेपत्ता पारेको भन्दै बम्जनबिरुद्ध बारा प्रहरीमा उजुरी दर्ता

हिमाली संचार संवाददाता
६२२ पटक

कृष्ण सिग्देल
सिमरा : तपस्वीको रुपमा चर्चामा आएका रामबहादुर बम्जनविरुद्ध बारा प्रहरीमा उजुरी परेको छ । आफ्नै अनुयायीलाई ३ वर्षदेखि वेपत्ता पारेको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा बिहीबार उजुरी दर्ता भएको हो ।

जितपुर सिमरा उपमहागर–१८ बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगर लामो समयदेखि अनुयायी भएर बम्जनसँग बस्दै आएका थिए । तर, ३ वर्ष यता पूर्णरुपमा सम्पर्कबिहीन भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका छन् ।

परिवारका सदस्यहरुका अनुसार उनी बेलाबेला आउने गर्थे र ५/७ दिन बसेर फर्किने गरेका थिए । बम्जनका अनुयायी भएपछि लामा पोशाक लगाउन थालेका सुरेश अन्तिम पटक २०७२ जेठ पहिलो साता घर आएका थिए । फेरि जाने नजाने दोधारमा रहेको बेला बम्जनका विश्वास पात्र मानिएका जसबहादुर वाइवाले फकाएर लगेको र त्यसबेलादेखि सम्पर्कविहीन रहेको उजुरीमा उल्लेख छ ।

‘उ जिउँदो छ या मृत्यु भयो केही थाहा छैन । हाम्रो छोरा वेपत्ता पारिएको छ,’ बाबु हस्तबहादुर आलेले भने, ‘उसको अत्तोपत्तो भएन, एकपटक बम्जनको आश्रम हलखोरिया काठमाडौंसम्म पुग्दा त्यहाँ रहेकाहरुले सुरेशले आश्रम छाडेर गएको बताए ।’
बम्जनले नै सुरेशलाई बेपत्ता पारेको भन्दै हजुरबा र बाबुआमाले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...