News Portal

काँकरभिट्टामा भीषण आगलागी, ८ वटा घर जलेर खरानी

हिमाली संचार संवाददाता
५९८ पटक

उमाकान्त खनाल  
झापा : झापा मेचीनगर–६ काँकरभिट्टास्थित साठीविघामा बिहीबार राति भएको आगलागी नियन्त्रणमा आएको छ।

राति करिब साढे ८ बजेदेखि लागेको एक घण्टाभित्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय काँक्रभिट्टाका डिएसपी महेश थापाले बताएका हुन्।

थापाका अनुसार आगो नियन्त्रणका लागि मेची नगरपालिका, बिर्तामोड, चन्द्रगढीको दमकल, सुरक्षाकर्मी तथा स्थानीय भएर नियन्त्रणमा आएको हो।

ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्। ८ वटा फुसका घर जलेको प्रहरीले जनाएको छ।

अगालागीबाट मानवीय क्षति भएको छैन। उक्त क्षेत्र काकरभिट्टा बजारको बधशाला क्षेत्र पर्छ। फुसका घरहरु भएकाले आगो छिट्टो फैलिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...