News Portal

सुनवर्सि नगरपालिकाका पासवान परिवार अार्थिक अभावमा अस्पतालकाे सैयामा मृत्युसंग लडदै

हिमाली संचार संवाददाता
७८३ पटक

रबिन्द्र बराल
माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित पटियापाडामा रहेको कबिराज दासकाे कुटिमा बर्षाे देखि बसाेवास गर्दे अाएका वादुलाल पासवानकि ६५ बर्षकि श्रीमती प्रमेश्वरी पासवान पैसाकाे अभावका कारण अहिले अास्पतालकाे ७ नम्बर सैयामा छट्पटी रहेकि छन ।

पुस ९ गते अाफुसंग रहेको ५ सय रुपैयाँ लिएर श्रीमतीलाई उपचारका लागि रंगेली अस्पतालमा ल्याई पुर्याएका थिए । प्रमेश्वरी लाई रक्त अल्पता (एलिनियाँँ) भन्ने राेग लागेकाे र शरिरमा रगतकाे अभावका कारण यस्तो राेग लाग्ने गरेको अस्पताल का डाक्टर निरज देवले बताए।

रंगेली अस्पतालमा गरिव र अति विपन्न घर परिवारका सर्वसाधारणहरु उपचार गराउन अाउने गरेका छन । उक्त बिरामीलाई सबै प्रकारको सेवा निशुलक गरेता पनि थप विभिन्न प्रकारकाे वल्ड टेस्टहरु अस्पतालमा नहुने हुदा उपचारका लागि अन्यत्र लैजानुपर्ने डाक्टर बताउँछन् । अार्थिक अभावका कारण उपचार गर्ने नसकिए यी वृद्धकाे अकालमै ज्यान जान सक्ने खतरा समेत देखिएकाे छ ।

रंगेली नगर युवा क्लवले वृद्धालाई चाहिने व्लड भने युवाहरुबाट संङकलन गरेर दिई रहेकाे निरज मंन्डलले बताए । अाफुहरुलेे सक्ने सहयोग गरेता पनि उक्त संस्थासंग रकम नभएका कारण उनिहरुले उक्त बृद्धबृद्धाहरुलाई केही मात्रामा भने सहयोग गरिरहेका छन । दैनिकजसो मजदुरी गरेर बिहान बेलुकी छाक टारी रहेका यी बृद्ध अहिले रकम नभए पछि सहयोगका लागि भिख मागिरहेका छन ।

४ दिन देखि बृद्ध वादुलाललेे अाफ्नाे श्रीमतीलाई अस्पतालले निशुलक दिईरहेकाे खानाकाे केही मात्रामा उनिले खानु परेको नत्र र कसैले बिस्कुट, चिउरा थाेरै दिए त्यहीँ खाएर रात काटन बाध्य छन । उनका एक छाेरा मनाेज पासवान भएता पनी उनी कटहरीमा ससुराली घरमा वस्दै अाएकाे र अाफु हरुलाई फर्केर नहेरेकाे बृद्धलेे अाँखाबाट अासु झार्दे उनले भने कसैले मेराे श्रीमतीकाे उपचार गराई दिए अाफु अत्यन्तै खुशि हुने उनलेे बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ९ गतेको राशिफल

आज फागुन ९, २०८२ ( फेब्रुअरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दाङमा राजा वीरेन्द्रको शालिकमा उभिएर नाराबाजी प्रकरणमा राप्रपाको आपत्ति

बुटवल, फागुन ८ – दाङको तुलसीपुर उपमहानगरपालिका बिरेन्द्रचोकमा भएको विवादास्पद घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

रास्वपाको भैरहवा र पोखरा सभा स्थगित, पार्टीका दुई कारण खुलाइयो

काठमाडौं, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको परिवर्तन...

तुलसीपुरमा एमालेको झण्डा जलाइएपछि विवाद, संयमताको आग्रह

दाङ, फागुन ८ – दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी निकट केही युवाले नेकपा (एमाले) को...

कांग्रेस–एमाले गठबन्धन तोड्न योजनाबद्ध रूपमा ‘दुर्घटना’ गरियो : एमाले

काठमाडौं, फागुन ८ – नेकपा एमाले ले कांग्रेस र एमालेबीच बनेको सहकार्यलाई कमजोर बनाउन योजनाबद्ध रूपमा...