News Portal

डा.गोविन्द केसीले यसकारण दिए पुनः अनसन बस्ने चेतावनी  

हिमाली संचार संवाददाता
७१३ पटक

काठमाडौ : चिकित्या शिक्षा ऐनको माग गर्दै पटकपटक अनसनमा बसेका डा.गोविन्द केसीले आफूसँग भएका सहमति विपरित संसदीय समितिमा चलखेल भए अनसन बस्ने चेतावती दिएका छन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिनुअघि डा.केसीसँग छलफल गर्न चाहेको थियो । तर उनले अब थप छलफल आवश्यक नभएको जवाफ फर्काएका छन् ।
उनले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा मेडिकल माफियाको स्वार्थ पूर्तिका लागि समितिमा चलखेल भए अनसन बस्ने चेतावनी समेत दिएका छन् ।

डा. केसीले बुधबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीसित भएको सम्झौतालाई तोडमोड गरेर माफिया पोस्ने काममा पार्टीहरु र जनप्रतिनिधिहरु लाग्नु निन्दनीय छ । त्यस्तो कार्य हाम्रा लागि स्वीकार्य छैन ।

आफूसँग भएको सहमतिमा अलिकति पनि तलमाथि गर्ने प्रयास भए पुस १७ अगाडि नै अनसन बस्ने डा.केसीले उल्लेख गरेका छन् । उनले भने, ‘त्यसपछिको लडाइँ माफियाहरुसित मात्रै नभएर तिनलाई संरक्षण गर्ने, पालनपोषण गर्ने र तिनलाई परिचालन गरेर धनी हुने दलका नेताहरु, पदाधिकारीविरुद्ध केन्द्रित हुनेछ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...