News Portal

डा.गोविन्द केसीले यसकारण दिए पुनः अनसन बस्ने चेतावनी  

हिमाली संचार संवाददाता
७५३ पटक

काठमाडौ : चिकित्या शिक्षा ऐनको माग गर्दै पटकपटक अनसनमा बसेका डा.गोविन्द केसीले आफूसँग भएका सहमति विपरित संसदीय समितिमा चलखेल भए अनसन बस्ने चेतावती दिएका छन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिनुअघि डा.केसीसँग छलफल गर्न चाहेको थियो । तर उनले अब थप छलफल आवश्यक नभएको जवाफ फर्काएका छन् ।
उनले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा मेडिकल माफियाको स्वार्थ पूर्तिका लागि समितिमा चलखेल भए अनसन बस्ने चेतावनी समेत दिएका छन् ।

डा. केसीले बुधबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीसित भएको सम्झौतालाई तोडमोड गरेर माफिया पोस्ने काममा पार्टीहरु र जनप्रतिनिधिहरु लाग्नु निन्दनीय छ । त्यस्तो कार्य हाम्रा लागि स्वीकार्य छैन ।

आफूसँग भएको सहमतिमा अलिकति पनि तलमाथि गर्ने प्रयास भए पुस १७ अगाडि नै अनसन बस्ने डा.केसीले उल्लेख गरेका छन् । उनले भने, ‘त्यसपछिको लडाइँ माफियाहरुसित मात्रै नभएर तिनलाई संरक्षण गर्ने, पालनपोषण गर्ने र तिनलाई परिचालन गरेर धनी हुने दलका नेताहरु, पदाधिकारीविरुद्ध केन्द्रित हुनेछ ।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...