News Portal

निर्मलाको हत्यारा पत्ता लाग्यो भनेर ढाँट्ने उपप्रधानमन्त्रीको मागे सांसद पाण्डेले राजीनामा

हिमाली संचार संवाददाता
५१३ पटक

काठमाडौं : राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लागिसक्यो भनेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनतालाई ढाँटेको बताएका छन्।

राष्ट्रिय सभामा बुधबार बोल्दै नेता पाण्डेले रक्षामन्त्रीले ‘हत्यारा खोइ’ भन्दै प्रश्न गरे। रक्षामन्त्रीले निर्मलाको हत्यारा पत्ता लागिसक्यो, छिटै सार्वजानिक गर्छौं। हत्यारा सार्वजनिक गर्दा राजनीतिक ध्येय बोकेकाहरुले छाता ओढाउन नआउनुहोला’ भनेको प्रसंग निकाल्दै निर्मलाको हत्यारा खोइ भनेर प्रश्न गरेका हुन्।

‘उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलजीले केही समयअघि भन्नुभयो, निर्मलाको हत्यारा पत्ता लागिसक्यो। छिटै सार्वजानिक गर्नेछौं। राजनीतिक ध्येय बोकेकाहरुले छाता ओढाउन नआउनुहोला,’ सांसद पाण्डेले पोखरेललाई आफ्नो भनाइ सम्झाउँदै भने, ‘त्यसको १५ दिनपछि आइजिपीले पत्रकार सम्मेलनमा हत्यारा अझै पत्ता लागिसकेको छैन भन्नुभयो।

छाता ओढाउलान् भनेर हिजो आशंका गर्ने उपप्रधामन्त्रीले हत्यारा अहिलेसम्म सार्वजानिक नगरी किन लुकाएको भन्दै सांसद पाण्डेले प्रश्न गरेका छन्। ‘पत्ता लगाएको हत्यारालाई किन सरकार आफैंले छाता ओढाएर लुकाइराखेको छ?’ सांसद पाण्डेले भने, ‘प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्री वा आइजिपीले यसबारे जवाफ दिनुपर्छ। जनतालाई गुमराहमा राख्न पाइँदैन।

निर्मलाको हत्यारा पत्ता नलागेको भए गैरजिम्मेवार अभिव्यक्ति दिएका उपप्रधान तथा रक्षामन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए। ‘राज्य, मुलुक वा जनतालाई दिनदहाडै यसरी ढाँट्न पाइन्छ?’ उनले भने, ‘गैरजिम्मेवार अभिव्यक्ति दिनेले पदमा बस्न सुहाउन्न।

निर्मलाको हत्यारा पत्ता लगाउन दबाब दिनेहरुलाई सरकारले गिरफ्तार गरेर दु:ख दिएको उनले बताए। संसद छलेर कर्मचारी समायोजन अध्यादेश ल्याएर सरकारले संसदको अवमूल्यन गरेको उनले बताए।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...