News Portal

मैले गरेको काम पनि आफूले गरेको भन्ने, भ्रम फैलाउनु पनि हद हुन्छ नि : सभापति देउवा

हिमाली संचार संवाददाता
५५२ पटक

काठमाडौं : प्रतिपक्ष दल कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा भएका कामकाे जस वर्तमान सरकारले लिएको भन्दै आपत्ति जनाएका छन्।

आजदेखि सुरू भएको हिउँदे अधिवेशन बैठकमा देउवाले आफ्नो पालामा सुरू भएको सामाजिक सुरक्षा कार्यक्रमको श्रेय वर्तमान सरकारले लिएकोमा आक्रोश व्यक्त गरेका हुन्।

‘मेराे नेतृत्वमा संसदबाट पारित सामाजिक सुरक्षालाई आफ्नै कार्यक्रम भनेर अहिलेको सरकारले पोस्टर टाँगेर भड्किलाे प्रचार गर्यो,’ देउवाले भने, ‘उनीहरू आफैंले गर्नु नि। मैले गरेकाे कामलाई किन आफ्नाे भन्नु? हद हुन्छ नि। मेराे कामलाई आफ्नो सरकारले निर्णय गर्यो भन्दै हिँड्न पाइन्छ?

अमेरिकाले नेपालकाे पूर्वाधार विकासनिम्ति ५० अर्ब अनुदान दिने सम्झौता पनि आफ्नै पालामा भएको उनले दाबी गरे। वर्तमान सरकारले यो कार्यक्रमको पनि श्रेय लिएको भन्दै आपत्ति जनाए।

‘मेरा पालामा अर्थमन्त्री ज्ञानेन्द्र कार्की आफैं अमेरिका गएर सही छाप गरेका हुन् त्यसमा,’ उनले भने, ‘यो काम पनि अहिलेको सरकार आफैंले गरेको भन्छ। जनतामा भ्रम फैलाउने गर्न भएन नि।

उनले प्रधानमन्त्रीले नै जनता ठगेको अभिव्यक्ति दिँदै भने, ‘याे देशमा अरूले त ठगे, ठगे। कम्तीमा प्रधानमन्त्रीले त यसो भन्न भएन नि। काम गर्नुस् न आफैं, अर्काका कामलाई किन आफ्नो भन्नु?’
यसका साथै देउवाले देशमा हिंसा तथा बलात्कार बढ्दै गएकाले शान्ति-सुरक्षा खलबलिएको पनि बताए।

‘आज जताततै बलात्कार भइरहेकाे छ। निर्मलाका दोषीलाई कारबाहीकाे साटो सरकारले लुकाउन खोजेको छ,’ देउवाले भने, ‘हैन भने किन पक्राउ गर्न सक्दैन दोषी? विचरा निर्दोषहरूलाई टर्चर दिए। मानसिक स्थिति बिग्रियो। यसको जिम्मेवारी कसले लिन्छ?’

उनले कसैलाई पनि कबुल गर भनेर फसाउन नपाइने भन्दै दोषी पक्रनुपर्ने बताए। संघीयता कार्यान्वयन सम्बन्धमा पनि सरकारले चासाे नदिएको आरोप उनले लगाए। भने, ‘संघीयता कानुन नै छैन। मधेसका मुद्दा स्वागत गर्ने कुनै ऐन छैन। नेपाल सबैकाे देश हाे भन्ने सन्देश नै छैन। उनीहरूकाे भावना कदर भएन। हामीले ल्याएकाे प्रस्ताव पनि खारेज भयाे। सरकारलाई मतलबै छैन।’

उनले जनतालाई शान्ति सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता भएको बताए।

एसिया-प्यासिफिक समिटमा सरकार सह-आयोजक हुनु लाजमर्दो भएको पनि उनले बताए। ‘विवादित संस्थाको कार्यक्रममा सरकार किन आयोजक/सहआयोजक बस्ने,’ उनले भने ,’यो देशमा कति धर्म छन्। कति संस्था छन्। धर्म निरपेक्ष भन्ने अनि संस्थाको कार्यक्रममा आयोजक हुने? यस्तो नि हुन्छ?

देउवाले वर्तमान सरकारले कर्मचारीलाई पनि दुःख दिएको आरोप लगाए। कर्मचारी नै देश चलाउने मुख्य खम्बा भन्दै उनीहरूका माग सरकारले सुन्न पर्ने देउवाको भनाइ छ।

‘कर्मचारीलाई खाली दुःख दिएर हुन्छ, उनीहरूका माग सुन्न पर्दैन? यतिका वर्ष उनीहरूले काम गरे। उनीहरूको पनि चित्त बुझाउन पर्छ,’ देउवाले भने।

डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन गर्न पनि उनले माग गरे। ‘सम्झौता गर्न कसैले जबर्जस्ती गरेको थिएन,’ उनले भने, ‘कार्यान्वयन नै नगर्ने भए सम्झौता किन गर्नु ? सेतोपाटि

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...