News Portal

स्वास्थ चौकीका कर्मचारी अनुपस्थित, स्थानीय मर्कामा !

हिमाली संचार संवाददाता
६५४ पटक

कृष्ण प्रसाद अधिकारी
दैलेख : दैलेखको पुर्वमा पर्ने भगवतीमाई गाउँपालिका वडा न ३ मेहेल्तोलीको बिदानेमा रहेको स्वास्थ चौकीमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । स्वास्थ्य चौकीमा १ जना एचए, २ जना अहेब २, अनमी १ जना कार्यलय सहयोगी गरी ६ जनाको दरबन्दी भएपनि दरबन्दी अनुसारका अनमी नहुँदा सेवा प्रवाहमा समस्या भएको स्वास्थ्य चौकीका इन्चार्ज सागर बस्नेतले बताए ।

गाउँपालिकाले अनमी न्युक्ति गरेको १ महिना भई सक्दा समेत अनमी कार्यलयमा हाजिर नभएको इन्चार्ज बस्नेतको भनाई छ । यता लोक सेवा पास गरेर आएकी अनमीलाई काजमा जिल्ला अस्पताल तानीएको उहाँको भनाई छ । गाउँपालिकाले न अनमी पठाउँछ न कार्यलयमा चिठी नै पठाउँछ, बस्नेतले भने । स्वास्थ चौकीमा कार्यरत रहेकी अनमी पनि गर्भवती भएको कारण सेवा प्रवाहमा समस्या बढेको स्वास्थ्य चौकी इन्चार्ज बस्नेतको भनाई छ ।

भगवतीमाई गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष दान बहादुर खड्का गाउँपालिकालाई अनमी पठाइदिन आग्रह गरेको र गाउँपालिकाले आनाकानी गरी भोली भोली भन्दै टारेको आरोप लगाए । गाउँपालिकाले मंसिरमा खोलेको बिज्ञापनमा ५ जना अनमी नियुक्ती गरिसकेको छ ।

भगवतिमाइ गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले मेहेल्तोली स्वास्थ्य चौकीमा पठाउँनु पर्ने अनमी कट्टि स्वास्थ्य चौकीमा पठाएको बताए। गर्भवती र सुत्केरी महिला को संख्या धेरै भएको कारण कट्टीमा राख्नु परेको र मेहल्तोली स्वास्थ्य चौकीमा पठाउँन नसकीएकोले अबको केहि समयपछि मेहेल्तोलिको लागी पहल गरिने अध्यक्ष थापाको भनाई छ ।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...