News Portal

दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

हिमाली संचार संवाददाता
७४८ पटक

काठमाडौ : दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेको मृत्यु भएको छ। घरबाट उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा विष्णाको बाटोमा नै मृत्यु भएको अस्पतालमा कार्यरत प्रहरी हवलदार अम्बादत्त जोशीले जानकारी दिए।

कञ्चनपुरको कृष्णापुर नगरपालिका–५ निवासी विष्णा पानी तान्ने मोटर चलाउने क्रममा करेण्ट लागेको उनले बताए। उनका अनुसार कृष्णापुर–५ बाट सेती अञ्चल अस्पताल कैलाली आउन १ घण्टा लाग्छ ।

करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षीया विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुगाइए पनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो।

सेती अञ्चल अस्पतालका अनुसार अस्पताल पुर्‍याउँदा ओडको मृत्यु भइसकेको थियो। बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइएको थियो।

आमाकाे मृत्युकाे खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन्। रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...