News Portal

रेशम चौधरीलाई जेलमुक्त गर्न राजपाको माग, संविधान संशोधन गर्न प्रधानमन्त्री सकारात्मक 

हिमाली संचार संवाददाता
५३९ पटक

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राजपा अध्यक्ष मण्डल र प्रधानमन्त्री बीच भएको छलफलमा ओलीले एक साताको समय माग गरेका हुन् ।

छलफलमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधन लगायतको विषय उठेको थियो। प्रधानमन्त्रीले राजपाले उठाएका सबै विषय ‘प्याकेज’मै समाधान गर्ने आश्वासन दिए ।

राजपा अध्यक्ष मण्डलको बैठकले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको थियो । राजपाको बैठक बस्नुअघि नै प्रधानमन्त्रीले छलफलका लागि राजपा नेताहरुलाई बोलाएका थिए ।

यसैबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले राजपाको मागप्रति प्रधानमन्त्री सकारात्मक रहेको र अब अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी अगाडि बढाउने बताए ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...