News Portal

  • स्वास्थ्य क्षेत्रमा अनुभवी गाउँपालिका अध्यक्ष विष्ट आफैँ बिरामीको चेकजाँच

    हिमाली संचार संवाददाता
    ५५५ पटक

    प्रकाश पार्की 
    डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाले संचालन गरिरहेको एकीकृत निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिका अध्यक्ष कविन्द्र विष्ट आफैँ बिरामीको चेकजाँच गरिरहेका छन्।

    लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेका विष्टले आफ्नो अनुभव निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट गाउँपालिकाका स्थानीय नागरिक माझ सेवा बाँडिरहेका हुन्। गाउँपालिकाले ५ वटै वडामा आयोजना गरेको शिविरमा उनी बिरामीहरूको चेकजाँच तथा उपचार सेवामा संलग्न भइरहेका छन्।

    २४ वर्षसम्म डडेल्धुराको स्वास्थ्य क्षेत्रमा सिनियर अहेवको रूपमा काम गरेका विष्ट स्थानीय नागरिकको आफूप्रति विश्वास कायमै रहेको उनले बताए। ‘मैले विगतका २४ वर्ष स्वास्थ्य क्षेत्रमै काम गरेको हुँ’, उनले भने, ‘त्यही अनुभवका आधारमा यहाँका जनतालाई स्वास्थ्य सेवा दिइरहको छु। मप्रति यहाँका नागरिकको विश्वास छ, राम्रो सेवा दिन्छ भनेर।’ उनले ग्रामीण क्षेत्रका नागरिकलाई गाउँस्तरमै सेवा दिने उद्देश्यले निःशुल्क सेवा दिइरहेको उनको भनाइ छ।

    शिविरमा साधारण स्वास्थ्य चेकजाँच तथा उपचार, ज्येष्ठ नागरिक निःशुल्क आँखा जाँच तथा उपचार, पाठेघर खसेका महिलाहरूका लागि जाँच, रिङपेसरी राख्ने तथा प्रेषण, दन्त उपचार, प्रयोगशाला, फार्मेसी, युएसजी (भिडियो एक्सरे)लगायतका सेवा गाउँपालिकाले दिइरहेको छ।

    पहाडी जिल्लाका महिलाहरूमा पाठेघर खस्ने समस्या बढी हुने गरेकामा शिविरमा पनि बढी जस्तो पाठेघर खस्ने, सेतो पानी बग्ने समस्या भएका महिलाहरू देखिएको शिविरमा संलग्न उपक्षेत्रीय अस्पताल डडेल्धुराका डा. दिनेश उपाध्यायले बताए। यस्तै, ज्येष्ठ नागरिकहरूमा उच्च रक्तचाप, स्वासप्रश्वास, मधुमेह र आँखाको समस्या भएका बिरामी देखिएको उनको भनाइ छ।

    निःशुल्क स्वास्थ्य शिविर संचालन भएपछि गाउँपालिकाका स्थानीय नागरिक खुसी भएका छन्। नवदुर्गा–१ निन्तोलाका कमलसिंह रैकाल, मंगलबार बिहान कोटेली स्वास्थ्य चौकीमा पुगे। गाउँपालिकाले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा उनी मात्रै आएनन्, उनका छिमेकी पनि शिविरमा आए। वर्षले ६५ काटेका रैकालका आँखा कम देख्ने भएपछि उनी आँखाको चेकजाँचका लागि स्वास्थ्य शिविरमा आएका हुन्।

    आँखाको चेकजाँचपछि उनलाई डाक्टरले चस्मा लगाउन सुझाए र उनलाई शिविरमा निःशुल्क दिइयो। निःशुल्क चस्मा पाएपछि उनी खुशीले दंग छन्। ‘म पत्रपत्रिका पढ्ने मान्छे। मोबाइलमा कसले फोन गर्‍यो थाहा नै हुँदैनथ्यो’ उनले भने, ‘अहिले चस्मा लगाए पनि देख्न थालेको छुँ। म खुसी छुँ।

    सानोतिनो बिरामी भए पनि सदरमुकामका अस्पताल धाउनुपर्ने बाध्यता रहने गरेकामा अहिले शिविर संचालन भएपछि आफूहरूले घर नजिकै सेवा पाएको उनको भनाइ छ।

    पहिलो दिन मंगलबार नवदुर्गा गाउँपालिका–१ म रहेको कोटेली स्वास्थ्य चौकीमा निःशुल्क शिविर संचालन गरिएको छ। बुधबार पनि कोटेली स्वास्थ्य चौकीमा शिविर संचालन गरिने गाउँपालिकाले जनाएको छ। पहिलो दिन तीन सय जनाले सेवा लिएको बताइएको छ।

    गाउँपालिकामा मंगलबारदेखि सुरु भएको निःशुल्क स्वास्थ शिविर प्रत्येक वडामा २ दिन संचालन गरिने जनाइएको छ। पुस १९ गतेसम्म संचालन हुने शिविरमा पाँच हजार बढी सेवाग्राहीले सेवा लिने गाउँपालिकाले जनाएको छ। गत वर्ष पनि गाउँपालिकाले एकीकृत निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो। उक्त शिविरमा गाउँपालिका भित्रका तीन हजार बढी नागरिकले सेवा लिएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ४ गतेको राशिफल

    आज असोज ४, २०८२ (सेप्टेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...

    देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

    काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको...