News Portal

मुस्लिम समुदायहरुले र्‍याली निकालेर शुरु गरे दाइजो विरुद्धको अभियान

हिमाली संचार संवाददाता
७३३ पटक

रबिन्द्र बराल,मोरङ।
पुष १० मंगलबार : “छोरीलाई दाइजो होइन पैत्रिक सम्पतीको अंश दिउ” भन्ने नाराका साथ मोरङका मुस्लिम समदायले दहेज विरुद्ध अभियान शुरु गरेका छन । दाइजो विरुद्ध १० दिने अभियान अन्तर्गत मोरङको सुनवर्षि नगरपालिकाका मुस्लिम समुदायहरुले डाईनिया वजारमा र्‍याली निकालेर दहेज विरुद्धको अभियान शुरु गरेका हुन । र्‍यालीपछि आयोजित कोणसभामा मुस्लिम समुदायका अगुवा तथा जनप्रतिनिधीहरुले दहेज(दाइजो) लिनु र दिनु पापहो भन्दै अव देखी छोराछोरीको विवाहमा दहेज नलिने र दहेजपनि नदिने सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन ।

कार्यक्रममा वोल्दै सुनबर्सि गाउपालिका उपमेयर वडा अध्यक्ष, महिला, विभिन्न संधसंस्थाका प्रतिनिधिहरुले दहेज प्रथाको अन्त्यका लागी अभियान शुरु गरेको भन्दै अभियानलाई घरघर सम्म पुर्याउनु पर्ने कुरामा जोड दिएका थिए । मुस्लिम अगुवा मो• अखतर खानको अध्यक्षतामा बाल विवाह तथा दाईजो मुक्त अभियान गरिएकाे थियोे । उमेर नपुगी छोरा छोरीको विवाह गर्ने र दहेज दिने र दहेज लिनेलाई समाजिक वहिष्कार गर्नुपर्नेमा जोड दिनुभयो । इस्लामि सघ मोरङको आयोजनामा निस्केको र्‍यालीले डाईनियाँ बजारको परिक्रमा गरेको थियो । यो अभियान मोरङको १७ वटै स्थानिय निकायमा याे कार्यक्रम शुरु भएको जानकारी समेत गराएका थिए ।

उनीहरुले र्‍यालीमा अाफ्नाे छोराछोरीको विवाहगर्दा दाइजोको लेनदेन नगरी दाइजो विरुद्धको अभियानमा सहभागी बनौं, समाजमा रहेको आफ्नो प्रतिष्ठालाई प्रयोग गर्दै नातेदारहरुलाई दाइजोको लेनदेन बिना नै विवाह गर्न दबाब दिऔं, जुमाको खुत्बाहरुमा दाइजोको वास्तविकता र यसका विध्वंशकारी असरहरुबारे चर्चा गरौं, फजुलखर्ची गैर इस्लामी कार्य हो भन्ने कुरालाई उजागर गर्दै यसको दुष्परिणामबारे जनचेतना फैलाऔं, इस्लामले पैतृक सम्पत्तिबारे दिएको कानुनलाई प्रचार गर्दै उक्त कानुन अनुसार माहिलाले पाउनुपर्ने हक उसलाई दिलाउन जनदबाब सृजना गरौं, समाजका प्रतिष्ठित धार्मिक र सामाजिक व्यक्तित्वहरुलाइ ऐक्यबद्ध गरी दाइजो विरुद्ध एकजुट गरौं, निकाहको सभा मस्जिदमा आयोजना गर्न गराउन अभियान चलाऔं, विवाह सम्बन्धीत इस्लामी तरिका विशेष गरी नबी (स.) को आदेश र सहाबाको जीवन शैलीलाई आम मानिसहरु सामु प्रचारप्रसार गरौं, चिनजानका साथीभाईहरु र आफन्तहरुमा अग्रसर भई बिना दाइजो विवाह गर्न र गराउन मध्यस्थकर्ता र व्यवस्थापिकीय भुमिका निर्वाह गरौं भन्ने प्रचार समेत बितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...