News Portal

कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी लिदाँ ३ हजार शुल्क

हिमाली संचार संवाददाता
८३८ पटक

तिलाचन पाण्डे  
गुल्मी : गुल्मीको एक स्थानीय तहको स्कुलमा प्रमाणपत्रको प्रतिलिपी निकाल्दा ३ हजार दस्तुर लाग्ने गरेको छ। जिल्लाको मुसीकोट नगरपालिका वडा २ मा रहेको खस्थोक माध्यमिक विद्यालयमा कक्षा ८ को प्रमाणपत्रको प्रतिलिपी लिदाँ तीन हजार रुपैयाँ तिर्नुपरेको सोही विद्यालयकी छात्रा ईश्मा गाउँपालिका वडा ४ का पुर्णिमा नेपालीका बुबा दान बहादुरले गुनासो गरे।

नेपालीकाअनुसार पहिले प्रमाणपत्र लिदाँ ३ हजार दिएर लिएको तर बिबिध कारणले गर्दा प्रतिलिपी निकाल्दा पनि पुन ३ हजार तिर्नुपरेको बताए। उनले १ वर्ष पहिले छोरीको प्रमाणपत्र निकाली बाग्लुङ कुरियर मार्फत पठाउदा हराएकाले प्रतिलिपि निकाल्नु पर्ने भएको बताए। प्रमाणपत्र हराएकै कारण एक वर्ष खेर गएको र कक्षा ९ को रजिस्टेसन फर्म नै भर्न नपाएको नेपालीले दुःख ब्यक्त गरे ।

‘पहिले ३ हजार तिरेर प्रमाणपत्र निकालियो अहिले फेरी प्रतिलिपि निकाल्दा पनि ३ हजार दोहोरो मर्कामा परियो’ नेपालीले भने। खस्थोक माध्यमिक विद्यालयका प्रधानाध्यापक  कृष्ण सुर्यबंशीले भने विद्यालय ब्यवस्थापन समितिले गरेको निर्णयका आधारमा लिइएको बताए । विद्यार्थी र अभिभावकको लापरबाहीका कारण यस्तो समस्या आएको उनले दावी गरे।

ब्यबस्थापन समितिको निर्णय अनुसार कक्षा ५ सम्मको प्रमाणपत्र निकाल्दा दूर्य हजार र ६ देखी ८ सम्मकोलाई ३ हजार निर्णय भएको बताउदै पुर्णिमा नेपालीको प्रमाण पत्र निकाल्दा पहिले तीन हजार र प्रतिलिपि लिदाँ ३ हजार गरि ६ हजार लिएको स्विकार गरेका छन् ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...