News Portal

कालिकोट आगलागी : ५२ घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर !

हिमाली संचार संवाददाता
६६३ पटक

बिस्‍नप्रसाद न्याैपाने
कालिकोट : कालिकोट जिल्लाको पलाँता गाउँपालिका–१ खाडामा भीषण आगलागी हुँदा  ५२ घर जलेर नष्ट भएको सोही गाउँकी बासिन्दासमेत रहेकी गाउँपालिका उपाध्यक्ष दानादेवी न्यौपानेले जानकारी दिएकी छिन् ।

उनका अनुसार आगलागीमा परी ११ जना घाइते भएका छन् । घाइतेको अवस्था भने गम्भीर नहरेको उपाध्यक्ष दानादेवीले बताइन् । केही समयअघि मात्रै १६ जना प्रहरीको टोली घटनास्थल पुगेको र आगो निभाउने प्रयास जारी रहको उनले जानकारी दिइन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार आगो नियन्त्रणा बाहिर छ । थप सहयोगका लागि नेपाली सेनाको टोली थिर्पुबाट घटनास्थल जाँदैछ ।

आगलागीमा परी थुप्रै चौपायहरु जलेर मरेको, लत्ताकपडा, अन्नपातलगायत थुप्रै धनमालहरु जलेर नष्ट भएको  गाउँपालका उपाध्यक्ष न्यौपाने बताइन्।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...