News Portal

एउटै मञ्चमा मन्त्री र सीडीओसँगै फरार अभियुक्त

हिमाली संचार संवाददाता
६२९ पटक

कपिलवस्तु : आठवटा कर्तव्य ज्यान र डाँका मुद्दाका फरार अभियुक्तसँगै मन्त्री र प्रमुख जिल्ला अधिकारी (सीडीओ) एउटै मञ्चमा उपस्थित भएपछि देख्नेहरु चकित परेका छन् ।

गत ३ पुसमा कपिलवस्तुको मायादेवी– २ अभिरावमा आयोजित मुसायरा वाचन एवं कवि सम्मेलनमा हत्या, डकैती, अपहरण लगायतका मुद्दा लागेका फरार अभियुक्त नसिम खानसँगै कृषिमन्त्री चक्रपाणि खनाल र प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल सहभागी थिए ।

रात्रीकालीन उक्त मुसायरामा अभियुक्त खान देखिएपछि उनलाई पक्राउ गर्नुको साटो मन्त्री खनाल एउटै मञ्चमा उनीसँगै विराजमान भएपछि स्थानीय सर्वसाधारणमा त्रास फैलिएको छ ।

प्रहरीको फरार सूचीमा रहेका खानमाथि ७ वटा कर्तव्य ज्यान र एउटा डांका मुद्दा दर्ता छन् । उनीमाथिका कर्तव्य ज्यानका ६ वटा र एउटा डाँका मुद्दा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा विचाराधिन छन् भने एउटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा छ ।

पछिल्लो समय उनले १३ वैशाख २०७४ मा मायादेवी– ४ का वडा अध्यक्ष फतेह मोहम्मदका ५ वर्षीय छोरा मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता छ ।

“आफ्नो छोराको अपहरण गरी हत्या गरेको व्यक्ति पक्राउ पर्ला भनेको त मन्त्री र प्रमुख जिल्ला अधिकारीसँगै मञ्चमा बसेको देखियो, यो भन्दा ठूलो अन्याय अरु के हुन्छ ?” पीडित फतेह मोहम्मदले बताए । पटक पटक प्रहरी–प्रशासनसँग अनुरोध गर्दा पनि हत्या आरोपी खानलाई पक्राउ गर्न चासो नदिइएको उनको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेल भने मन्त्री उपस्थित हुने कार्यक्रम भएकोले आफू पनि मुसायरामा पुगेको र त्यहाँ अरु को को थिए भन्ने जानकारी आफूलाई नभएको बताउँछन् ।

“त्यसबखत त्यहाँ धेरै मानिसहरु थिए, सबैका बारे जानकारी हुने कुरा भएन, मन्त्री ज्यू आएकाले हामी पनि पुगेका हौं,” पोखरेलले हिमालखबरसँग भने । नसिम खानलाई अहिले फेरि किन पक्राउ नगरेको भन्ने प्रश्नमा उनी भन्छन्, “उहाँ सरकारसँग वार्तामा रहेको कौटिल्य संयोजक रहेको समूहको वार्ता प्रतिनिधि हुनुहुन्छ, त्यसैले पक्राउ गर्न सकिंदैन ।

सरकारले भदौ पहिलो साता विभिन्न द्वन्द्वरत/असन्तुष्ट समूहसँग वार्ता गर्नका लागि सोमप्रसाद पाण्डेको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली गठन गरेको हिमालखबरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...