News Portal

एउटै मञ्चमा मन्त्री र सीडीओसँगै फरार अभियुक्त

हिमाली संचार संवाददाता
५८७ पटक

कपिलवस्तु : आठवटा कर्तव्य ज्यान र डाँका मुद्दाका फरार अभियुक्तसँगै मन्त्री र प्रमुख जिल्ला अधिकारी (सीडीओ) एउटै मञ्चमा उपस्थित भएपछि देख्नेहरु चकित परेका छन् ।

गत ३ पुसमा कपिलवस्तुको मायादेवी– २ अभिरावमा आयोजित मुसायरा वाचन एवं कवि सम्मेलनमा हत्या, डकैती, अपहरण लगायतका मुद्दा लागेका फरार अभियुक्त नसिम खानसँगै कृषिमन्त्री चक्रपाणि खनाल र प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल सहभागी थिए ।

रात्रीकालीन उक्त मुसायरामा अभियुक्त खान देखिएपछि उनलाई पक्राउ गर्नुको साटो मन्त्री खनाल एउटै मञ्चमा उनीसँगै विराजमान भएपछि स्थानीय सर्वसाधारणमा त्रास फैलिएको छ ।

प्रहरीको फरार सूचीमा रहेका खानमाथि ७ वटा कर्तव्य ज्यान र एउटा डांका मुद्दा दर्ता छन् । उनीमाथिका कर्तव्य ज्यानका ६ वटा र एउटा डाँका मुद्दा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा विचाराधिन छन् भने एउटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा छ ।

पछिल्लो समय उनले १३ वैशाख २०७४ मा मायादेवी– ४ का वडा अध्यक्ष फतेह मोहम्मदका ५ वर्षीय छोरा मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता छ ।

“आफ्नो छोराको अपहरण गरी हत्या गरेको व्यक्ति पक्राउ पर्ला भनेको त मन्त्री र प्रमुख जिल्ला अधिकारीसँगै मञ्चमा बसेको देखियो, यो भन्दा ठूलो अन्याय अरु के हुन्छ ?” पीडित फतेह मोहम्मदले बताए । पटक पटक प्रहरी–प्रशासनसँग अनुरोध गर्दा पनि हत्या आरोपी खानलाई पक्राउ गर्न चासो नदिइएको उनको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेल भने मन्त्री उपस्थित हुने कार्यक्रम भएकोले आफू पनि मुसायरामा पुगेको र त्यहाँ अरु को को थिए भन्ने जानकारी आफूलाई नभएको बताउँछन् ।

“त्यसबखत त्यहाँ धेरै मानिसहरु थिए, सबैका बारे जानकारी हुने कुरा भएन, मन्त्री ज्यू आएकाले हामी पनि पुगेका हौं,” पोखरेलले हिमालखबरसँग भने । नसिम खानलाई अहिले फेरि किन पक्राउ नगरेको भन्ने प्रश्नमा उनी भन्छन्, “उहाँ सरकारसँग वार्तामा रहेको कौटिल्य संयोजक रहेको समूहको वार्ता प्रतिनिधि हुनुहुन्छ, त्यसैले पक्राउ गर्न सकिंदैन ।

सरकारले भदौ पहिलो साता विभिन्न द्वन्द्वरत/असन्तुष्ट समूहसँग वार्ता गर्नका लागि सोमप्रसाद पाण्डेको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली गठन गरेको हिमालखबरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...