News Portal

बर्दियामा ठकुरी सहयोग संजालको शाखा गठन

हिमाली संचार संवाददाता
४५६ पटक

बर्दिया : समाजमा जातिय सदभाव कयम गर्दै ठकुरीहरूलाई एकीकृत गर्ने र परेको बेला जातियता भन्दा माथी उठेर परोपकारी कार्य गर्ने ठकुरीहरूको एक मात्र विस्वव्यापी साझा सस्था ठकुरी सहयोग संजालले बर्दियामा पनि आफ्नो शाखा बिस्तार गरेको छ ।

शनिबार बर्दियाको बढैयाताल गाउँपालिका इकाई कमिटी गठन गरिएको हो । स्थानिय खेमकुमार मल्लको अध्यक्षतामा संजालको तदर्थ कमिटी गठन भएको  हो । कार्यक्रममा सञ्जालका प्रदेश नम्बर ५ का संयोजक संयोगजंग शाह, प्रदेश नम्बर ६ का संयोजक देब शाही, ठकुरी पत्रकार समाज नेपालका अध्यक्ष करुणा शाह लगायत ठकुरी सहयोग संजालका अन्य पदाधिकारी हरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा ८० बर्षिय जय बहादुर मल्ललाई सम्मान पनि गरिएको छ । श्यामु सिंह ठकुरीको स्वागत मन्तव्यबाट सुरू भएको कारर्यक्रममा सहभागीहरूले  ठकुरी भाषा र संस्कृतिको पहिचानमा जोड दिदैं आपसमा भाईचारा सम्बन्ध कायम हुनुपर्ने बताएका थिए ।

स्थापनाकै दिन ठकुरी सहयोग संजाल बढैयाताल बर्दियाले परोपकारी कार्यको सुरूवात समेत गरेको छ । संजाल बाके साखा सग मिलेर बढैयाताल संजालले भारतमा मजदुरीका क्रममा खुट्टा भाँच्चिएका ४१ बर्षिय टेकबहादुर परियारलाई १० हजार रूपैया आर्थिक सहयोग गरेको छ ।

बर्दिया सगै ठकुरी सहयोग संजाल देशका दुई दर्जन बढी जिल्लाहरू बिदेशमा समेत बिस्तार भैसकेको प्रदेश ५ का संयोजक संयोगजंग शाहले बताए।

प्रतिकृया दिनुहोस्

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...