News Portal

नक्कली कम्युनिष्ट सत्तामा पुगे : नेता पुन

हिमाली संचार संवाददाता
५०२ पटक

विनोद सिंह विष्ट
बैतडी : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले नक्कली कम्युनिष्ट सत्तामा पुगेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिती बैतडीले सदरमुकाम गोठलापानिमा शनिवार गरेको जनसभा तथा सांस्कृतीक कार्यक्रमलाई सम्बोधन गर्दै पुनले अहिलेका कम्युनिष्ट पुजिँवादको पछाडी लागेको आरोप लगाए ।

जनताको सेवा र सुविधा भन्दा पनि ब्यक्तिगत स्वार्थको लागी सत्तामा पुगेका कम्युनिष्टहरु जनताको हितमा कहिल्यै नलाग्ने दावी समेत पुनले गरे । निर्वाचनको बेला विकास र समृद्धीका कुरा गर्ने कम्युनिष्टहरुले अहिले दुई तिहाईको सरकार हुदा समेत जनताको हकहितको लागी केहि पनि गर्न नसकेको उनको भनाई थियो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डिडी पाण्डेले कम्युनिष्ट आफ्नो विचारबाट ग्रसीत भएको उल्लेख गरे । नेपाल कम्युनिष्ट पार्टी बैतडी जिल्ला ईन्चार्ज बासुदेव जोशीको अध्यक्षतामा भएको जनसभा तथा सांस्कृतीक कार्यक्रममा सामना सांस्कृतीक परिवारको प्रस्तुती रहेको थियो ।

नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाका नेता, कार्यक्रता तथा सर्वसाधारणको उपस्थीती रहेको कार्यक्रममा विभीन्न सास्कृतीक प्रस्तुतीहरु राखीएको थियो ।

कार्यक्रममा विभिन्न पार्टी परीत्याग गरी २ दर्जन बढीले विप्लव नेतृत्वको माओवादीमा प्रवेश गरेका छन् ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...