आज : २०२६-०६-०८, सोमबार

कविता ~ ‘स्वतन्त्रता’

– ॠतु सिंह

हेर त शिशिर !
तिम्रा स्वतन्त्रता
खोस्न चाहने
यी कलमवीरहरु !
जुर्मुराए र जुर्मुराउदै छन्
अझ पनि !
स्वतन्त्रताको हक
थाहा छ नी
कलमवीर हो ?

स्वतन्त्रता !
स्वतन्त्रतामा आनन्द, उदारता
तथा अन्य मानवीय मूल्यहरु फूल्दछन्

जसरी
यी फूलहरु फूलेका छन्
यदि तिमीमा स्वतन्त्रता छैन भने
कल्पना रोकिन सक्छ,
प्रवृत्ति निस्सासिन सक्छन् ,
धारणाहरु बोझ बन्न सक्छन् र
जानकारीहरु अनुपयोगी हुनसक्छन्

त्यसैले
ए कलमवीरहरु हो !
त्यो स्वतन्त्रतालाई सम्मान गर
जो निस्वार्थ , सत्य र न्यायिक छ
जो तिमीलाई दिएको छ ।

चितवन – भरतपुर।