आज : २०२६-०८-२३, आइतबार

युवा शक्ति कुवेतको प्रथम वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

कुवेत । युवा शक्ति कुवेतको प्रथम वार्षिक उत्सव सालमियास्थित हिमालयन रेस्टुरेन्टमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका उपाध्यक्ष रञ्जित पन्जियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पावल राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा हिमालयन हाउस र गोर्खा किचेन विशेष अतिथिका रूपमा सहभागी भएका थिए भने वाक यान गो रेस्टुरेन्ट तथा एसियन चुलोका प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सञ्चालन शशीदेवी घिमिरेले गरेकी थिइन्।

राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि पावल राई तथा अन्य अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरेका थिए। त्यसपछि देशभक्ति गीत प्रस्तुत गरिएको थियो। वार्षिक उत्सवको अवसरमा अध्यक्ष, सचिव तथा अतिथिहरूले संयुक्त रूपमा केक काट्दै शुभकामना आदानप्रदान गरेका थिए।

कार्यक्रममा उपाध्यक्ष रूबी महर्जनले स्वागत मन्तव्य राखेका थिए।

त्यसैगरी, सचिव राम भट्टाराईले युवा शक्ति कुवेतको गतिविधि, उद्देश्य तथा संस्थाको यात्रालाई समेटिएको विशेष डकुमेन्ट्रीबारे जानकारी गराएका थिए। डकुमेन्ट्रीमार्फत युवा शक्ति कुवेत किन स्थापना भयो, संस्थाले हालसम्म गरेका सामाजिक कार्यहरू तथा आगामी दिनमा सञ्चालन गर्ने योजनाहरू प्रस्तुत गरिएको थियो।राख्दै युवा शक्ति कुवेतको स्थापना, उद्देश्य तथा संस्थाले हालसम्म गर्दै आएका सामाजिक तथा मानवीय गतिविधिबारे जानकारी गराएकी थिइन्।

युवा शक्ति कुवेतले प्रवासी नेपाली समुदायको हित, सामाजिक सेवा, सहयोग तथा मानवीय गतिविधिलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ। आगामी दिनमा संस्थालाई अझ प्रभावकारी बनाउँदै सामाजिक सेवाका क्षेत्रमा थप सक्रिय भएर काम गर्ने प्रतिबद्धता समेत कार्यक्रममा व्यक्त गरिएको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्षता गरेका उपाध्यक्ष रञ्जित पन्जियारले प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, सहयोगी, शुभेच्छुक तथा संस्थाका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै वार्षिक उत्सव कार्यक्रम समापन गरेका थिए।

वार्षिक उत्सवमा सहभागी सम्पूर्ण अतिथि तथा उपस्थितहरूका लागि खानपिनको समेत व्यवस्था गरिएको थियो। कार्यक्रमले प्रवासी नेपालीबीच आपसी एकता, सहकार्य र सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।@