राहदानी विभाग अगाडि एक पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आफ्नै शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार घटनापछि घाइते व्यक्तिको तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार घाइतेको परिचय हालसम्म खुलेको छैन। आत्मदाहको प्रयास गर्नुको कारण पनि खुल्न नसकेको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


















