आज : २०२६-०७-०४, शनिबार

धादिङको गङ्गाजमुना–५ मा वृक्षारोपण कार्यक्रम सम्पन्न

धादिङ, -धादिङको गङ्गाजमुना गाउँपालिका–५ स्थित ठोट्नेपानीमा रहेको शन्तानेश्वर महादेव पशुपतिनाथ मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

लायन्स क्लब अफ काठमाडौं बुद्ध ज्ञानभूमि ३२५ को आयोजनामा सम्पन्न कार्यक्रममा मन्दिर संरक्षण समितिका अध्यक्ष प्रजुनकुमार अधिकारी र उपाध्यक्ष मिनबहादुर बानियाँको सक्रिय भूमिका रहेको थियो।

कार्यक्रममा गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडा तथा वडा नं. ५ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता कुमारबहादुर अधिकारीको विशेष उपस्थिति रहेको थियो। स्थानीयवासीको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा क्लबकी अध्यक्ष पवित्रा अधिकारी, प्रथम उपाध्यक्ष प्रजुनकुमार अधिकारी, समाजसेवी नन्दलाल अधिकारी तथा कल्याणकारी समाजका अध्यक्ष भीष्मराज नेपाललगायतको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबै व्यक्ति तथा संस्थाप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।