आज : २०२६-०६-१७, बुधबार

प्रतिपक्षले परम्परागत शैली बदल्नुपर्ने

परम्परागत दलहरु भित्र बढ्दै गएको अराजकता, ब्यक्तिबादि र भ्रष्ट चरित्रले लोकतन्त्र कमजोर मात्र भएन। लोकतन्त्र समाप्तिको संघारमा पुग्यो। राष्ट्रको परम्परा र धरोहर मास्नुलाई आफ्नो पौरख सम्झिनेसरु आज आफै धरासायी हुन‌ पुगे। उस्लाई खाने बाघले आफुलाई पनि खान्छ भन्ने नसोच्दा परम्परागत दलहरुमा अस्तित्व रक्षाको कोलाहल मच्चिएको छ। लोकतन्त्रको जामा पहिरिएर आएका नयां शक्तिको आगमनले पनि जनता आसा भन्दा निरासाकै मार्ग देखाउन उदत्त देखियो। संसदमा प्रतिपक्षहरुको भूमिका निरिह बनाईएको छ। प्रतिपक्षलाई पेलेरै जाने रणनीति अपनाएको सरकारले संसदको मर्यादा बढाउन सकेको देखिदैन। प्रतिपक्षहरुले बिरोधका पुरानै सैलि अपनाउनु संसदप्रति उत्तरदायी भएको देखिदैन। महिनौंसम्म संसद अबरोध गर्दैमा प्रतिपक्षको भूमिका राष्ट्रप्रति जिम्मेवार भएको ठहर्दैन।

“दुईतिहाई मत प्राप्त गरेको पार्टिको लगाम सरकारप्रति नभएको प्रष्ट देखिन्छ। संसदमा उछृङ्गल्ता, अपरिपक्वता र भद्दा मजाक ज्यादा भयो। संसद मनोरञ्जनको थलो होईन, दुईतिहाई मत दिने जनतालाई लज्जित नबनाइयोस्। बांकी जनताले प्रत्यक्ष नियालिरहेकै छन्।”

संसदप्रति जवाफदेहीता नभएको प्रधानमन्त्रीलाई बोल्ने आग्रह गर्नु भन्दा प्रधानमन्त्री, मन्त्रीले दिएका गैर-जिम्मेवार, अराजनैतिक अभिब्यक्ति बुँदागत रुपमा टिपोट गरेर प्रमुख प्रतिपक्षीले एकैपटक जवाफ दिनु उचित हुन्छ होला। जस्तो:-

१) नेपालले भारतको सिमा मिचेको, कुन-कुन ठाउँमा पोष्ट राखेको छ, प्रमाण पेश गर्नु पर्यो। सैनिक पोष्ट बिना सिमा मिचिएको भन्न मिल्दैन। 

२) परिक्षा दिन गएका बिध्यार्थीहरुको मोवाईल खोसेर पानिमा, आगोमा हालेर नष्ट गर्ने, उक्त आदेश दिने प्रदेशको मन्त्रीलाई दण्डित गर्दै मन्त्रीको सम्पत्तिबाट भराउनु पर्ने। बालबालिकाको करोडौंको सम्पत्ति नष्ट गर्नु पनि राष्ट्रिय सम्पत्ति नष्ट गरेको ठहर्छ। 

३) गरिवले खेर गएको साधनको सदुपयोग गरेर जिविका चलाएको टेम्पो भिरबाट गुल्टाउने, गरिबको झुपडीमा ढुंगा बर्षाएर गास वास खोस्ने, श्रममन्त्रीले ठेकेदारको खुट्टा भांचेर भएपनी काममा लगाईने भन्ने जस्ता अमानविय, गैर जिम्मेवार पूर्ण कामलाई जनताको सामुन्ने उजागर गर्ने शैली अपनाउदा सायद उचित हुन्छ होला। निरन्तर संसद अबरोध राष्ट्रिय सरोकारका बिषयहरु ओझेलमा परेका छन्। यस्ले सरकारलाई उत्तरदायीत्वबाट भाग्ने अबसर मिल्ने छ। जस्ले प्रतिपक्षलाई जनताको नजरबाट झनै गिराउने देखिन्छ।प्रधानमन्त्रीले संसदमा बोलेको विषयबाट राष्ट्को अपमान मात्र हैन जनता असुरक्षित भएका छन्।

४) नवलपरासीको सुस्तामा भारतका हतियारधारी सेनाप्रवेश गरी नेपाली जनतालाई आततायी बनाएका छन्। यस्तो बिषयलाई प्रतिपक्ष दलहरुले संसद भित्र बोल्ने मात्र नभै अडियो, भिडियो सहित लिखित रुपमै ब्यापक प्रकाशनमा ल्याउनु जरुरी देखिन्छ। बिना बर्दि सिमा सुरक्षा गरिरहेका जनताको ज्यान असुरक्षित बनाउने काम सरकारले गरिरहेको छ। सरकारले सिमामा बस्ने जनतालाई सेलुट बोल्दैमा जिम्मेवारी पुरा गरेको हुर्दैन। अहिले समाजमा अराजकता, हत्या, हिंसा ज्यादै बढेको छ। मन्त्री, गृहमन्त्रीको सस्तो लोकप्रियता हांसिल गर्ने मानसिक्ताले सम्मानित संस्थाप्रति आएका अभिब्यक्तिले राष्ट्रको हित गर्दैन। यसले यूवा सरकारको चरित्र उदाङ्गो भएको छ। दुईतिहाई मत प्राप्त गरेको पार्टिको लगाम सरकारप्रति नभएको प्रष्ट देखिन्छ। संसदमा उछृङ्गल्ता, अपरिपक्वता र भद्दा मजाक ज्यादा भयो। संसद मनोरञ्जनको थलो होईन, दुईतिहाई मत दिने जनतालाई लज्जित नबनाइयोस्। बांकी जनताले प्रत्यक्ष नियालिरहेकै छन्।

“महंगी, कालाबजारी, बजार भाउ बढ्दो छ। ढाकछोप गर्नका लागि ईरान अमेरिकाको यूद्वलाई बहाना बनाउन सकिन्छ। तर त्यो पर्याप्त नहोला सोदेशमै भएका उत्पादन जस्तो तरकारिहरुकै बजार भाउ जनताको आएस्तरले धान्न सक्ने छैन। भर्खर आएको सरकारलाई धेरै गुनासो गर्ने समय भएको छैन होला तर जति सुधार हुनुपर्ने हो त्यो देखिनुपर्थ्यो, त्यस्तो देखिएन। पुराना दलहरुले गरेनन् भनेर नै जनताले नयां पार्टिलाई पूर्ण बहुमत दिएका हुन्। यस्को दुरुपयोग हुनुहुदैन।”

सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने कुराहरु धेरै थिए। यूवाहरुले गरिखान पाउने रोजगारीको ब्यबस्था, शिक्षा, स्वास्थ्य, उपचारको अबस्था, विदेश पलाएन यूवा जनशक्तिमा आसा जगाउने, बन्द उद्दोग धन्दाहरु र नयां आयामहरु सुभारम्भ गरिदै गरेका दृश्यहरु लेखि पर्ने थियो। त्यस्तो सुरुवातको आभास अन्यौल कायमै देखिन्छ। महंगी, कालाबजारी, बजार भाउ बढ्दो छ। ढाकछोप गर्नका लागि ईरान अमेरिकाको यूद्वलाई बहाना बनाउन सकिन्छ। तर त्यो पर्याप्त नहोला सोदेशमै भएका उत्पादन जस्तो तरकारिहरुकै बजार भाउ जनताको आएस्तरले धान्न सक्ने छैन। भर्खर आएको सरकारलाई धेरै गुनासो गर्ने समय भएको छैन होला तर जति सुधार हुनुपर्ने हो त्यो देखिनुपर्थ्यो, त्यस्तो देखिएन। पुराना दलहरुले गरेनन् भनेर नै जनताले नयां पार्टिलाई पूर्ण बहुमत दिएका हुन्। यस्को दुरुपयोग हुनुहुदैन।

“पृथ्वीनारायण शाहले गरेको सिंगो राष्ट्र निर्माणको एकिकरणको धरातलमा टेकेर शाहवंसिय इतिहासको रक्षा गर्नु सबै राष्ट्रिय शक्तिहरुको कर्तब्य ठहर्छ। राजनेता “विपी कोइराला” को राष्ट्रिय मेलमिलापको सन्दर्भ यसैसंग गासिएको छ। संबिधान संसोधनमा भन्दा जन-आन्दोलनका सबै दलहरु, जनता र राजा समेत मिलेर बनाएको संविधान ०४७ सबै भन्दा उपयुक्त संबिधान हो भन्ने कुरामा स्पष्ट हुन जरुरी छ। जनताको प्रबल चाहना र प्रयास पनि यसैमा छ। अहिलेको जनमत को उद्देश्य नै त्यही थियो। जनताले राष्ट्रिय हितको लागि एकमात्र बिकल्प राजसंस्था नै हो भन्ने बिश्वास गरिसकेका छन्। श्री ५ महाराजधिराज ज्ञानेन्द्र बिरविक्र शाह देवले दिएको राष्ट्रिय सहमति, सहकार्य र एकताको सन्देश पनि त्यही थियो। उक्त मार्गमा जानुको बिकल्प छैन।”

हिजोका राजनीतिक दलहरूले गरेको निषेधको राजनीति बन्द गर्दै देशले मागेको, जनताले चाहेको, ०४७ सालको संबिधान र राजसंस्थासहितको प्रजातन्त्र नै भू-राजनैतिक जटिलता, सन्तुलित कुटनीतिक मर्यादाको अचुक आबस्यकता हो। पृथ्वीनारायण शाहले गरेको सिंगो राष्ट्र निर्माणको एकिकरणको धरातलमा टेकेर शाहवंसिय इतिहासको रक्षा गर्नु सबै राष्ट्रिय शक्तिहरुको कर्तब्य ठहर्छ। राजनेता “विपी कोइराला” राष्ट्रिय मेलमिलापको सन्दर्भ यसैसंग गासिएको छ। संबिधान संसोधनमा भन्दा जन-आन्दोलनका सबै दलहरु, जनता र राजा समेत मिलेर बनाएको संविधान ०४७ सबै भन्दा उपयुक्त संबिधान हो भन्ने कुरामा स्पष्ट हुन जरुरी छ। जनताको प्रबल चाहना र प्रयास पनि यसैमा छ। अहिलेको जनमत को उद्देश्य नै त्यही थियो। जनताले राष्ट्रिय हितको लागि एकमात्र बिकल्प राजसंस्था नै हो भन्ने बिश्वास गरिसकेका छन्। श्री ५ महाराजधिराज ज्ञानेन्द्र बिरविक्र शाह देवले दिएको राष्ट्रिय सहमति, सहकार्य र एकताको सन्देश पनि त्यही थियो। उक्त मार्गमा जानुको बिकल्प छैन। यो सबैलाई महसुस र बिश्वस्त भैसकेको कुरा हो। उक्त दिनको मार्ग तय भैसकेको छ, भन्ने बिश्वासका साथ यो सानो प्रस्तुति हो। हामि सबैमा राष्ट्रिय भावना जागोस्। श्री पशुपतिनाथले सबैको रक्षा गरुन। जय नेपाल।