हिमालसागर अधिकारीको नेतृत्वमा धादिङ नेपाली समाज अमेरिका, नयाँ कार्यसमिति घोषणा

काठमाडौं – अमेरिकामा रहेका धादिङवासी नेपालीहरूको साझा संस्था धादिङ नेपाली समाज अमेरिकाको चौथो अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिवेशनबाट हिमालसागर अधिकारी अध्यक्षमा निर्वाचित भए।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार गुरुङ, उपाध्यक्षमा राम मल्ल ठकुरी तथा महासचिवमा हरि गिरी चयन भएका छन्। त्यसैगरी सचिवमा बलराम श्रेष्ठ (रमन), कोषाध्यक्षमा एलन तामाङ र सह–कोषाध्यक्षमा रामचन्द्र उप्रेती निर्वाचित भएकाे छ।
समितिका सदस्यहरूमा अमिर तामाङ, अर्जुन योगी, विवेक बज्राचार्य, दिनेश नहकी, किसान अधिकारी, मनिराम भट्ट, नवीन रिजाल, राजकुमार रिजाल, रेसम अधिकारी, सन्दीप घले, श्रीराम खतिवडा तथा देवेन्द्र गिरी चयन भएका छन्।
अधिवेशनबाट सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएको जनाइएको छ। नयाँ नेतृत्वले संस्थामा एकता, समावेशिता, पारदर्शिता र सक्रियतालाई थप सुदृढ गर्दै अमेरिकामा रहेका धादिङवासी तथा समग्र नेपाली समुदायको हितमा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
निर्वाचन प्रक्रिया सम्पन्न गराउन गठित निर्वाचन समितिमा रामहरी अधिकारी संयोजक तथा दिवाकर पाण्डे र कुलप्रसाद गौली (राजन) सदस्य रहेका थिए।
नवनिर्वाचित कार्यसमितिलाई विभिन्न सामाजिक व्यक्तित्व तथा संघसंस्थाहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नयाँ कार्यसमिती २०२६/२०२०८
(१)अध्यक्ष श्री हिमालसागर अधिकारी
(२)व. उपाध्यक्ष्य श्री राज कुमार गुरुङ
(३)उपाध्यक्ष्य श्री राम मल्ल ठकुरी
(४)महासचिव श्री हरि गिट्टी
(५)सचिब श्री वलराम श्रेष्ठ (रमन)
(६)कोषाध्यक्ष श्री एलन तामाङ
(७)सह कोषाध्यक्ष श्री रामचन्द्र उप्रेती
(८)सदस्य अमिर तामाङ्
(९)सदस्य श्री अर्जुन योगी
(१०)सदस्य श्री विवेक बज्राचार्य
(११)सदस्य श्री दिनेश नहकी
(१२) सदस्य श्री किसान अधिकारी
(१३)सदस्य श्री मनिराम भट्ट
(१४)सदस्य श्री नवीन रिजाल
(१५)सदस्य श्री राज कुमार रिजाल
(१६)सदस्य श्री रेसम अधिकारी
(१७)सदस्य श्री सन्दीप घरेल
(१८)सदस्य श्री श्रीराम खतिवडा
(१९)सदस्य श्री देवेन्द्र गिरी
निर्वाचन समितिको
संयोजक रामरी अधिकारी
सदस्य दिवाकर पाण्डे
सदस्य कुलप्रसाद गौली (राजन)


















