News Portal

स्याङ्जाकी कृतज्ञा अर्यालले बनाएको शृंखला र सलमानको यो स्केच, सामाजिक संजालमा भाइरल हुँदै

हिमाली संचार संवाददाता
६२७ पटक

स्याङ्जा वालिङ्की कृतज्ञा अर्याल चार्टर एकाउन्टेन्टकी बिद्यार्थी हुन् । हाल उनी अध्ययनको लागि भारतको राजधानी दिल्लीमा छिन्। उनलाई पढ्न संगै आर्ट गर्न र गित गाउन धेरै मन पर्छ। आर्ट आफ्नो विषय नभएता पनि फुर्सद हुँदा थोरै थोरै गरेर उनले स्क्रेच बनाउने गर्छिन् । “आर्टमा मलाई डुब्न मन लाग्छ किनभने यसबाट मान्छेको भावना थाहा पाइन्छ, आर्ट गरेर कसैलाई गिफ्ट दिन पाउँदा मलाई खुशी लाग्छ”।

उनले भनिन्। हालै मात्रै कृतज्ञाले बनाएको मिस नेपाल तथा मिस वर्ल्डकि प्रतिस्पर्धी शृङ्खला खतिवडाको स्केच अहिले सामाजिक संजालमा धेरैले मन पराएका छन् । कृतज्ञा शृङ्खलाकि फ्यान हुन् । शृङ्खला राम्री संगै धेरै कुरामा ट्यालेन्ट भएको हुँदा आफुलाई अत्यन्तै मन पर्ने बताउछिन्।शृङ्खला यो स्थान सम्म आउनुको प्रमुख कारण मिहेनत र उनको ट्यालेन्ट भएको कृतज्ञाले बताइन्।

यो क्षेत्रमा समय धेरै चाहिने तर आफु पढ्ने विद्यार्थी भएकोले प्राप्त समय नुहुने हुँदा चाहेका धेरै कुराहरू आर्टमा उत्रान नसक्ने उनको गुनासो छ ।

शृङ्खलासंगै हालसम्म उनले आफ्ना मिल्नेसाथीहरु,
हजुरमुमा, अंकल, अन्टि मामा, माइजू, लगायत आफुलाई मन पर्ने नेपाली नायक आकाश श्रेष्ठ, हिन्दी नायक सलमान खानको स्केच बनाएकि छन्। आफुले आर्ट सम्बन्धी थप सिकेर भविस्यमा यसलाई सानो व्यवसायीक क्षेत्रमा पनि लैजाने कृतज्ञाको सोंच रहेको छ।

प्रतिकृया दिनुहोस्

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

राजेन्द्र लिङ्देन भन्छन्: चुनावी तालमेलबारे कुनै योजना छैन

काठमाडौँ, माघ १२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले कुनै पनि...