News Portal

जनता क्याम्पस रंगेलीमा ट्राफिक प्रहरीले गर्‍यो जनचेतनामूलक कार्यक्रम

हिमाली संचार संवाददाता
५९६ पटक

रबिन्द्र बराल
माेरङकाे रंगेलीमा रहेकाे जनता क्याम्पसमा ट्राफिक प्रहरीद्वारा एक दिने “दुर्घटना घटाउ, मान्छे बचाउ” अभियान अन्तर्गत जनचेतना कार्यक्रमकाे अायाेजना गरेको छ । जिल्ला ट्राफिक कार्यलय माेरङ, अस्थायी ट्राफिक चेकपाेष्ट रंगेली तथा ईलाका प्रहरी कार्यलय रंगेलीकाे संयुक्त अायाेजनामा कार्यक्रम गरिएको थियो ।

जनता क्याम्पसमा अध्यनरत कक्षा ११ र १२ कक्षाका छात्रछात्राहरुलाई लक्षित गरेर दुर्घटना कसरी हुन्छ र यसबाट बच्न के के कुरामा ध्यान दिनुपर्छ भन्ने बिषयमा बुधबार साे कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा जिल्ला ट्राफिक माेरङका प्रहरी निरिक्षक शिव कुमार पाेख्रेलले दुर्घटना समन्धित प्रशिक्षण दिएका थिए । अहिले बढि मात्रामा क्याम्पस तथा विद्यालयमा अध्यनरत छात्रहरु बढि मात्रामा दुर्घटनाकाे जोखिममा परेको बताए । सबारी साधन चलाउदा माेवाईलाम कुरा गर्ने, तिब्र गतिमा सबारी चलाउनु, भिडभाडमा तिब्र गतिमा माेटरसाईक चलाउनु, अाेभरटेक गरि सबारी चलाउदा बढि मात्रामा सबारी दुर्घटना हुने गरेको समेत बताए ।

छात्रछात्राहरुलाई सबारी चलाउदा तिब्र गतिमा सवारी नचलाउन, तीन जना नचढन र अाेभरटेक नगरि सवारी दुर्घटनाबाट बच्न सकिने पाेख्रेलले बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यलयका साहयक निरिक्षक निलकन्ठ पराजुलि, क्याम्पस प्रमुख लाेचन खतिवडा, सुरेन्द्र बस्नेत, सिताराम मंन्डल, फारुक रिज्वी लगायत क्याम्पसका प्राध्यापक लागयतकाे उपस्थित समेत रहेको थियो ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...