
धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
महाधिवेशनबाट भिष्म राज नेपाल निर्विरोध रूपमा गाउँपालिका पार्टी सचिव पदमा निर्वाचित हुनुभएको छ। उहाँको निर्विरोध चयनसँगै पार्टीभित्र उत्साह र सकारात्मक ऊर्जा थपिएको सहभागीहरूले बताएका छन्।

नवनिर्वाचित सचिव नेपाललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरूले आगामी दिनमा सक्षम नेतृत्व प्रदान गर्दै संगठन विस्तार, जनविश्वास मजबुत बनाउने तथा पार्टीलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
महाधिवेशनमा विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले संगठनात्मक एकता, अनुशासन र आगामी रणनीतिबारे समेत महत्वपूर्ण सन्देश दिएको आयोजकले जनाएको छ।