News Portal

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

९३ पटक

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि स्थानीयवासी हर्षित भएका छन्। वर्षौंदेखि जोखिम मोलेर खोलाबाट आवतजावत गर्न बाध्य स्थानीयहरू अहिले सुरक्षित र सहज यात्रा गर्न पाउँदा उत्साहित बनेका हुन्।

नेपाल सरकार तथा अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागद्वारा “मिर्चाडाँगी–महादेवा मल्टिस्प्यान ट्रेलब्रिज” निर्माण गरिएको हो। करिब ७४७ मिटर लम्बाइको उक्त पुल निर्माणका लागि ले भ्याटसहित १९ करोड ८२ लाख ४४ हजार ६ सय ६२ रुपैयाँमा ठेक्का पाएको थियो।

उक्त पुल निर्माणका लागि २०८२ असार ११ गते ठेक्का सम्झौता गरिएको थियो। सम्झौताअनुसार २०८४ असार १० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्माण कम्पनीले निर्धारित समयभन्दा करिब १४ महिना अगावै निर्माण कार्य सम्पन्न गरेको हो।

निर्माण व्यवसायी का अनुसार तीव्र गतिमा काम अघि बढाइएकाले समयअगावै पुल निर्माण सम्पन्न गर्न सम्भव भएको हो।

पुल निर्माणपछि स्थानीय बालबालिकालाई विद्यालय आउजाउ गर्न सहज भएको छ भने दैनिक आवतजावत, व्यापार–व्यवसाय तथा कृषि उपज ओसारपसारमा समेत ठूलो राहत पुगेको स्थानीयवासीले बताएका छन्।

यसअघि बर्खायाममा रतुवा खोलामा पानीको बहाव बढ्दा विद्यार्थीहरू तीन महिनासम्म विद्यालय जानबाट वञ्चित हुने अवस्था रहेको थियो। तर अहिले पुल सञ्चालनमा आएपछि विद्यार्थीहरूले नियमित रूपमा विद्यालय जान पाएका छन्, जसले उनीहरूको पठनपाठनमा निरन्तरता आएको स्थानीयको भनाइ छ।

स्थानीयवासीहरूले पुल निर्माणसँगै गाउँको आर्थिक, सामाजिक तथा शैक्षिक गतिविधिमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...