News Portal

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

१० पटक

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको खोप (ARV) पठाउन छाडेपछि मोरङको रङ्गेली अस्पतालमा खोप अभाव चुलिएको छ। खोप नपुग्दा गरिब तथा अति विपन्न परिवारका नागरिकहरू महँगो मूल्य तिरेर निजी बजारबाट खोप खरिद गर्न बाध्य भएका छन्।

कुकुरको टोकाइपछि रेविज संक्रमणबाट जोगिन रङ्गेली अस्पतालमा दैनिक १० देखि १५ जना सेवाग्राही आउने गरेका छन्। रङ्गेली नगरपालिका, सुनवर्सी नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका तथा कानेपोखरी गाउँपालिकाबाट समेत बिरामीहरू यहाँ आउने गरेका छन्।

सरकारले प्रत्येक महिना रङ्गेली अस्पतालका लागि २५० भाइल रेविज खोप पठाउँदै आए पनि पछिल्लो दुई महिनादेखि खोप नआएको अस्पतालका मेसु बसन्तकुमार साहले बताए। उनका अनुसार खोप अभावकै कारण अस्पतालले सेवाग्राहीलाई फर्काउनुपर्ने अवस्था सिर्जना भएको छ।

यसअघि सरकारी अस्पतालबाट उपलब्ध खोपका लागि सेवाग्राहीले तीन डोजको मात्र १०० रुपैयाँ शुल्क तिर्दै आएका थिए। तर अहिले बजारमा एउटै डोजको ६०० देखि ७०० रुपैयाँसम्म तिर्नुपरेको छ भने सबै डोज पूरा गर्न करिब २१०० रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आएको छ।

रङ्गेली–चोप्राहका सन्जय मण्डलका अनुसार सरकारी अस्पतालमा निःशुल्क वा न्यून शुल्कमा पाइने खोप अहिले निजी बजारमा महँगो मूल्यमा किन्नुपर्दा आर्थिक भार बढेको छ।

स्वास्थ्य सेवा विभागले चैत्र १६ गते जारी गरेको सूचनाअनुसार संघीय स्तरमा ARV खोप खरिद प्रक्रिया जारी रहेकाले आपूर्ति सहज हुन केही समय लाग्ने र त्यसअवधिसम्म प्रदेश तथा स्थानीय तहले आवश्यक खोप व्यवस्थापन गर्नुपर्ने उल्लेख गरेको थियो। तर स्थानीय तहहरूबीच स्पष्ट समन्वय नहुँदा समस्या जटिल बनेको अस्पताल प्रशासनको भनाइ छ।

रङ्गेली नगरपालिकाका अनुसार सबै पालिकाका लागि एक वर्षको खोप व्यवस्थापन गर्न करिब ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ। अस्पताल व्यवस्थापन समितिका सदस्य अजिम आलमले सरकारले समयमै खोप नपठाए नगरभित्रका नागरिकका लागि स्थानीय तहबाट खोप खरिदबारे छलफल गरिने बताए।

रेविजजस्तो संवेदनशील रोगविरुद्धको खोप अभावले सर्वसाधारणको स्वास्थ्य मात्र होइन, आर्थिक अवस्था पनि प्रभावित बनाएको स्थानीयहरूको गुनासो छ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...