News Portal

देशले पाउन नसकेको राज नेता

८९ पटक

– कमला थापा

२०८३ वैशाख २२ गते।
नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द हो। “शतिले सरापेको देश” यो शब्द छोटो भएर पनि निकै महत्वपूर्ण छ। आज देशमा त्यस्तै भैरहेको देखिन्छ। शत्तेको भन्दा असत्यको बोलवालाले सिमा नाघेको समाज गतिहिन अबस्थामा पुगेको देखिन्छ। राजनीतिक दलहरुले आफ्नो कर्तब्य निर्वाह गर्न नजान्दा भनु या जनतालाई मानमर्दन गर्दा र आफ्ना कार्यकर्ताहरुलाई “दास” सम्झिदा देश झनपछि झन कमजोर हूंदै गयो। ३५ बर्षदेखि एकछत्र राज गरेका दुई दल र ०६२/६३ पछि तिन दलहरुले लोकतन्त्रको मर्म बिर्सदा त्यस्को परिणाम आज आफै भोग्दै छन्।

“देशमा गरिखाने वर्ग सधैं तिरस्कृत हुदै गएको र तस्करहरुको मुठ्ठी भित्र नेताहरु कैद भएका कारण जनता अत्यन्तै रुष्टिएका थिए।”

पुराना राजनैतिक दलहरुले जनतालाई मौलिक अधिकारसम्म पनि नदिएको भ्रष्टाचार, भू-माफिया, बिचौलिया, तस्करहरुको मात्र हालिमुहाली बढेको देशमा गरिखाने वर्ग सधैं तिरस्कृत हुदै गएको र तस्करहरुको मुठ्ठी भित्र नेताहरु कैद भएका कारण जनता अत्यन्तै रुष्टिएका थिए। त्यसैको परिणाम हो आज रास्वपालाई अत्यधिक बहुमत प्राप्त भएको। बिडम्बना रास्वपा सरकार निर्माण गर्न त सफल भयो। तर बर्तमान सरकार रास्वपाको अधिनमा छ कि छैन ? प्रश्न खडा भएको छ।

बर्तमान सरकार द्रुत गतिमा अगाडि बढदै काम गर्न चाहन्छ। राम्रो कुरा हो तर ति कामहरु संबिधानको परिधिभित्र रहेर पहिला कामको प्राथमिकता, मापदण्ड तोकेर, लोकतन्त्रको मर्यादा, सिद्धान्त अनुरुप हुनु जरुरी छ। “फासट्याकको” नाउमा संबिधान उलंघन गर्न पाईदैन किनकि यो सरकार यहि संबिधान अन्तर्गत निर्वाचित भएर आएको हो। जनतालाई सर्वप्रथम चाहिएको भनेको भ्रष्टाचार रहित, सुशासन, स्वास्थ्य, शिक्षा र अनिवार्य रोजगार नै हो। सरकार त्यसमा चुकेको देखिन्छ।

“०४६ सालमा आएको प्रजातन्त्रपछि सायद १५/१६ वटा सुकुम्बासी आयोग बन्यो होल तर ति कुनैपनि आयोगले समस्या हल गर्न नसकेकै हो। त्यसमा पनि जब माओवादी जनयुद्धले गांउगाउंबाट जनता लखेटिए, उनिहरु सुरक्षित र सुविधाजनक स्थानतिर ओर्लिए। त्यसलाई एमाले सरकारका पालामा सम्रकक्षण दिदै आफ्नो भोट बैंक र आन्दोलनमा सडक तताउदै जनमत देखाउन प्रयोग गर्दै आयो।”

देशमा सुकुम्बासी समस्या आज मात्र उत्पन्न भएको हैन। ०४६ सालमा आएको प्रजातन्त्रपछि सायद १५/१६ वटा सुकुम्बासी आयोग बन्यो होल तर ति कुनैपनि आयोगले समस्या हल गर्न नसकेकै हो। त्यसमा पनि जब माओवादी जनयुद्धले गांउगाउंबाट जनता लखेटिए, उनिहरु सुरक्षित र सुविधाजनक स्थानतिर ओर्लिए। त्यसलाई एमाले सरकारका पालामा सम्रकक्षण दिदै आफ्नो भोट बैंक र आन्दोलनमा सडक तताउदै जनमत देखाउन प्रयोग गर्दै आयो। भू- माफियाहरुले नेताहरुलाई प्रभाबमा पार्दै र मिलोमतो गर्दै सरकारी जग्गा, खोलानाला सबै कब्जा गरे , ति नक्कली सुकुम्बासीले बास्तविक सुकुम्बासीको अधिकार हनन् गरे।

त्यसैले सरकारले कमसेकम पनि मानवियताको दृष्टिकोणले यो मध्ये बर्षादको समयमा ६ महिनाको अबधि दिएर बास्तविक सुकुम्बासी पहिचान गरेर उनिहरुको गाँस, बाँस र कपासको ब्यबस्था गरेर मात्र हटाउनुपर्ने थियो। त्यसभन्दा अगाडि नक्कली सुकुम्बासीहरुलाई हटाउदै जग्गा सरकारको स्वामित्वमा ल्याउनुपर्ने थियो। सरकारले त्यसो गरेन सबै गरिव, असक्त, बुढाबुढी, स्कूलका बालबालिका, गर्भवती महिला, अपांग सबैलाई एउटै मापदण्ड तोकेर काम अगाडि बढाएको अबस्था निकै कारुणिक,भावबिबहल बनाउने दृश्य देखियो। यसरी सरकारको वाह-वाह हुन सक्दैन। यो अमानवीय व्यवहार हो।

“राज्य सन्चालन गर्दा उनिहरुबाट भएका भ्रष्टाचारदेखि नैतिक, अनैतिक कामको छानविन गरेर सजाय दिने काम सरकार र कानूनको हो। त्यस्तो गैर काम गरेवापत पाउनुपर्ने सजायमा मेरो र तेरो गरेर रोक्न पाईदैन तर हिजो आफ्नै अभिभावक रहेर काम गरेका ब्यक्तिहरुलाई अपमान गर्नु त्यो सभ्य राजनैतिक संस्कार होईन।”

पुराना ठूला दलहरु भित्र को अबस्था त्यस्तै छ। आफु पदमा पुग्नु भनेको पुराना, पार्टिमा गहिरो योगदान पुर्याएका मर्यादित ब्यक्तिहरुलाई अपमानजनक ब्यबहार गर्नु होईन। राज्य सन्चालन गर्दा उनिहरुबाट भएका भ्रष्टाचारदेखि नैतिक, अनैतिक कामको छानविन गरेर सजाय दिने काम सरकार र कानूनको हो। त्यस्तो गैर काम गरेवापत पाउनुपर्ने सजायमा मेरो र तेरो गरेर रोक्न पाईदैन तर हिजो आफ्नै अभिभावक रहेर काम गरेका ब्यक्तिहरुलाई अपमान गर्नु त्यो सभ्य राजनैतिक संस्कार होईन। अनैतिक काम गरे वापत आफै भाग्नु परेको देखिएकै छ। त्यसलाई कानूनको हातमा छाडिदिनु पर्छ। घर भित्रकाले होईन।

“यो निष्कपट, निश्छल र निर्मल चरित्रको ज्वलन्त उदाहरण हो। नेताहरुले जथाभावी आरोप लागाउदै गालि गरेजस्तो भए अबस्य पनि त्यो आत्म विश्वास हुने थिएन। आत्म विश्वास, बौद्धिकताका धनी, भू-राजनैतिक जटिलताको अनुभवले खारिएका , कुटनैतिक ज्ञान र राष्ट्र प्रेमले भरिपूर्ण, धैर्यताका धनी राजा देशको राजनीतिलाई सुक्ष्म अध्ययन गरिरहेका छन्।”

अनन्तमा:-
दलका नेताहरु भाग्दै छन्। खुलेआम हिंडडुल गर्न सक्ने अबस्था छैन्, तर राजा श्री ५ ज्ञानेन्द्र बिरबिक्रम शाहदेव खुला सडकमा न कुनै सुरक्षा न कुनै डर निर्धक्कसँग शुभ- प्रभातको यात्रा गरिरहेका छन्। उनलाई जनताले नै सुरक्षा गर्छन्। त्यो विश्वास राजालाई छ। यो निष्कपट, निश्छल र निर्मल चरित्रको ज्वलन्त उदाहरण हो। नेताहरुले जथाभावी आरोप लागाउदै गालि गरेजस्तो भए अबस्य पनि त्यो आत्म विश्वास हुने थिएन। आत्म विश्वास, बौद्धिकताका धनी, भू-राजनैतिक जटिलताको अनुभवले खारिएका , कुटनैतिक ज्ञान र राष्ट्र प्रेमले भरिपूर्ण, धैर्यताका धनी राजा देशको राजनीतिलाई सुक्ष्म अध्ययन गरिरहेका छन्। उनीमा जनताप्रति प्रगाढ विश्वास देखिन्छ। यो कुनै उनीप्रतिको भक्तिभाव नभै उनीमा देखिएको ब्यबहारको सानो अंश मात्र प्रस्तुत गरिएको हो।

उनकै शब्दमा भन्नुपर्दा “नेपाल हाम्रो साझा घर हो, नेपाली हाम्रो साझा थर हो” प्रकृतिले दिएको उपहार, शान्तिपूर्ण, अलौकिक सनातन धर्म र संस्कृतिले सजिएको वेद र पुराणको उद्गम स्थल, हिमालयको काखमा अबस्थित यही माटोको सुगन्धित सुगन्ध लिएर जन्मनु हाम्रो सौभाग्य हो। त्यसैले भन्न सकिन्छ केवल राजालाई मात्र देशको मायां हूदो रहेछ। बुझ्न नसक्नु, नचाहनु त्यो हाम्रो दुर्भाग्य हो। त्यसैले यो देश जोगाउन राजसंस्थाको बिकल्प छैन। जति छिटो नेताहरुले बुझ्छन् भलाई त्यसैमा हुनेछ। बांकि श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन।

जय नेपाल।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...