News Portal

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

३२६ पटक

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ।

आज विदुरमा आयोजित पत्रकार सम्मेलनमार्फत नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्ला संघले वैशाख १ गते नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिर परिसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो।

संघका अध्यक्ष प्रहाल्द थापाका अनुसार खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने र मोफसल क्षेत्रमा रेस्लिङ खेलको लोकप्रियता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

नेपाल रिङ रेस्लिङ संघका महासचिव कमल तामाङले प्रतियोगितामा चार विधामा प्रतिस्पर्धा हुने जानकारी दिए। उनका अनुसार हेभी वेट (पुरुष) तर्फका विजेताले ‘गोल्डेन बेल्ट’ सहित ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने महिला च्याम्पियनशिपतर्फ विजेताले ‘बेल्ट’ सहित ५० हजार रुपैयाँ पाउनेछन्।

यस्तै, पुरुष ‘ट्याग टिम हार्डकोर’ विधाका विजेताले मेडलसहित ६० हजार रुपैयाँ तथा ‘ट्रिपल थ्रेट’ विधाका विजेताले मेडलसहित २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने महासचिव तामाङले जानकारी दिए।

प्रतियोगितामा देशका विभिन्न स्थानबाट खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...