News Portal

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

२५२ पटक

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई दाजुभाइको उपचारकै क्रममा ज्यान गएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार झापा कमल गाउँपालिका–६ स्थायी घर भई हाल इमाडोल बसोबास गर्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र उनका २५ वर्षीय भाइ सृजन नेम्बाङमाथि चैत २५ गते साँझ विवादका क्रममा आक्रमण भएको थियो।

घटनापछि दुवैलाई तत्काल बिएण्डबी अस्पताल पुर्‍याइए पनि गम्भीर चोटका कारण उनीहरूको ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानले सामान्य भनाभनले उग्र रूप लिँदा घटना घटेको देखाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–९ भोलटोलका ३२ वर्षीय सञ्जीव नेपाली र नवलपरासीको गैँडाकोट घर भई हाल ललितपुरको सुबहाल बस्दै आएका २१ वर्षीय गगन सुनार रहेका छन्।

घटनाको विस्तृत विवरण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...