News Portal

मापदण्ड विपरीत निमार्ण गरिएका संरचना हटाउन आग्रह

हिमाली संचार संवाददाता
४९२ पटक

ज्ञानु गौतम
रुकुम : मापदण्ड विपरीत निमार्ण गरिएका संरचना (घर टहराहरु) हटाउन चौरजहारी नगरपालिकाले स्थानियलाई आग्रह गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दे एकहप्ता भित्र मापदण्ड विपरीत बनाइएका घर टहारा हटाउन आग्रह गरेको हो ।

चौरजहारी–मेलैनाउली–नार्जि–चौफा–नुवाकोट मेलैनाउली–कोटजहारी–न्यालीबजार र चिप्लेटी–कटुजेखोला सडक खण्डको ११ मिटर वरिपरि संरचना निमार्ण गर्न र निमार्ण गरिएका संरचना पनि सात दिन भित्र हटाउन कार्यालयले आग्रह गरेको हो।

सात दिनभित्र मापदण्ड विपरीतका घरटहरा हटाउन अटेरी गरे नगरपालिकाले नै हटाउने र हटाउन लाग्ने खर्च समेत घरधनीले तिर्नुपर्ने नगरपालिका कार्यालयले चेतावनी समेत दिएको छ ।

घर टहराका कारण सडक विस्तारको क्षेत्रफल नपुग्दा सडक विस्तारको कामले गति पाउन सकेको छैन । साँघुरो बाटो हुँदा सवारी आवागमनका समस्या हुनका साथै दुर्घटनाको जोखिम समेत बढेको छ । मापदण्ड विपरीतका घर टहरा हटाएपछि सडक विस्तार तथा गा्रबिलको काम अघि बढ्ने नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...

आज २०८२ साल चैत ५ गतेको राशिफल

आज चैत ५, २०८२ ( मार्च १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...