News Portal

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

६१ पटक

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू अपनाउने संकेत दिएको छ। आवश्यक परे सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरिने सरकारको भनाइ छ।

मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ऊर्जा बचतलाई ध्यानमा राख्दै विभिन्न कदमहरू अघि बढाइएको जानकारी दिइन्। उनका अनुसार थोक बिक्रीमा नियन्त्रण लगाइएको छ भने उच्च पदस्थ व्यक्तिहरूको इन्धन सुविधा पनि कटौती गरिसकिएको छ।

अवस्था अझ जटिल बनेमा जोर–बिजोर प्रणाली लागू गरिने उल्लेख गर्दै उनले सर्वसाधारणलाई ‘वर्क फ्रम होम’ अपनाउन र विद्युतीय सवारी साधनको प्रयोग बढाउन आग्रह गरिन्।

सरकारले दीर्घकालीन रूपमा गाडी रुपान्तरण सम्बन्धी कानुनी व्यवस्था अघि बढाइरहेको र त्यसका लागि इथानोल नीति तयार पार्ने काम भइरहेको जनाएको छ। साथै, विद्युतीय सवारी पूर्वाधार विस्तारमा पनि सरकार प्रतिबद्ध रहेको मन्त्री रावलले स्पष्ट पारिन्।

सरकारले आफू पारदर्शी रहेको र जनताको समस्याप्रति संवेदनशील भएको उल्लेख गर्दै ऊर्जा बचतमा सहयोग गर्न सबैलाई अपिल गरेको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...