News Portal

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

४४ पटक

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो।

सरकारले उक्त निर्णयलाई औपचारिकता दिन नेपाल राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार बजारमा देखिएको मूल्य समायोजनको दबाबलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो।

मन्त्री रावलले पेट्रोलियम पदार्थको मूल्य समायोजन आवश्यक रहेको उल्लेख गर्दै सरकारले यथार्थ अवस्थालाई स्वीकार गरेर उपभोक्तामाथि पर्ने असर कम गर्ने प्रयास गरेको बताइन्। उनका अनुसार कर छुटको निर्णयले बजारमा केही हदसम्म राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...