News Portal

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

१३५ पटक

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल ब्यालेन्स कट्ने प्रणाली हटाउने तयारी गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय को निर्देशनपछि उक्त व्यवस्था कार्यान्वयनतर्फ अघि बढाइएको हो।

अब ग्राहकले आफ्नो डाटा प्याकेज ९० प्रतिशत प्रयोग गरिसक्दा नै सूचना पाउनेछन्। डाटा सकिएपछि इन्टरनेट प्रयोग जारी राख्ने वा नयाँ प्याकेज लिने भन्ने निर्णय प्रयोगकर्ताले आफैं गर्न सक्नेछन्।

हाल यो सुविधा परीक्षण चरणमा रहेको जनाइएको छ। युएसएसडी प्रयोग गर्ने ग्राहकले केही दिनमै सेवा पाउनेछन् भने मोबाइल एपमार्फत प्रयोग गर्नेले एक साताभित्र यो सुविधा अनुभव गर्न सक्नेछन्।

त्यसैगरी, ‘वान टाइम केवाईसी’ प्रणाली लागू गर्ने तयारी पनि भइरहेको छ, जसले एउटै विवरण पटक–पटक दिनुपर्ने झन्झट कम गर्नेछ। साथै, इ–सिम, सिम पुनःप्राप्ति र स्वामित्व हस्तान्तरणजस्ता सेवाहरू क्रमशः अनलाइनमार्फत उपलब्ध गराउने योजना छ।

सरकारले सेवा सुधारका लागि ‘एकल बिन्दु सेवा’ कक्ष स्थापना र फोरजी सेवा सुदृढीकरणमा जोड दिएको छ। डाटा सकिँदा स्वतः रकम कट्ने व्यवस्था हटाइनु उपभोक्ता हितमा सकारात्मक कदमका रूपमा लिइएको छ।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...