News Portal

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

१६६ पटक

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा चासो व्यक्त गरिएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले बजारको वर्तमान अवस्थाप्रति सरकार जिम्मेवार हुनुपर्ने संकेत गरेका छन्।

सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले पछिल्ला सरकारी गतिविधिका कारण लगानीकर्ताहरूमा अन्योल र निराशा बढेको बताए। बजारमा आएको गिरावटले पुँजी बजारप्रति विश्वास कमजोर बनाएको उनको भनाइ छ।

उनले नयाँ सरकार गठनपछि उद्योगी व्यवसायीमा देखिएको आशा अहिले कमजोर बन्दै गएको उल्लेख गर्दै नीतिगत स्पष्टताको अभावले बजारमा स्थायित्व आउन नसकेको बताए।

रोकायाका अनुसार हालसम्म लगानीकर्ताहरूले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ, जसले दीर्घकालीन रूपमा अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्छ।

पुँजी बजारलाई स्थिर र विश्वसनीय बनाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता रहेको उनले जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...