News Portal

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

१५ पटक

 

काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई नदिएको उल्लेख गर्दै सम्बोधनको सन्दर्भमा व्यक्तिगत र पदीय मर्यादाबीचको फरक स्पष्ट पारेका छन्।

साम्पाङले सन्देशमा लेखेका छन् कि व्यक्तिगत रूपमा “हर्क दाइ” वा “हर्क जी” भनेर सम्बोधन गरे पनि संवैधानिक हिसाबले गुरुङ “माननीय गृहमन्त्री” भएको उल्लेख गर्दै आफूले सम्मानपूर्वक सोही रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन्। उनले आफू प्रतिपक्ष दलको नेता भएको कारण सरकारका कामकारबाहीमाथि प्रश्न उठाउनु आफ्नो कर्तव्य भएको समेत बताएका छन्।

उनले विशेषगरी ‘Gen Z आन्दोलन’सँग सम्बन्धित दुई फरक मितिका घटनामा ध्यान दिन आग्रह गरेका छन्। २३ गतेको घटनामा दोषीमाथि कारबाही गरिएकोमा धन्यवाद दिँदै उनले २४ गतेको घटनाका दोषीहरूलाई पनि कारबाही गर्नुपर्ने माग गरेका छन्। साथै, जीबी राई प्रकरणमा पक्राउ गरी “रवि दाइ”लाई न्याय दिनुपर्ने विषय पनि दोहोर्‍याएका छन्।

साम्पाङले पछिल्लो समय सामाजिक सञ्जालमा उठिरहेको फेवाताल क्षेत्रमा करिब २० रोपनी जग्गा गृहमन्त्री गुरुङको नाममा रहेको भन्ने चर्चाप्रति पनि ध्यानाकर्षण गराएका छन्। उक्त विषयमा नैतिकताको प्रश्न उठेको भन्दै उनले पत्रकार सम्मेलनमार्फत यथार्थ सार्वजनिक गर्न आग्रह गरेका छन्।

“यदि यस विषयमा स्पष्ट जवाफ नदिइए जनताले विश्वास नगर्ने र राज्य संयन्त्रप्रति समेत असर पर्न सक्ने” भन्दै उनले चेतावनी दिएका छन्। साथै, काम गर्ने क्रममा आलोचना र अपजस आउनु स्वाभाविक भए पनि पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिएका छन्।

साम्पाङले अन्त्यमा गृहमन्त्री गुरुङले सुझाबलाई सकारात्मक रूपमा लिएर अघि बढ्ने अपेक्षा व्यक्त गर्दै भविष्यमा हृदयदेखि नै बधाई दिने दिन चाँडै आउने आशा व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...