News Portal

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

७३ पटक

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपरी जिम्मेवारी निर्वाह गर्न सुझाव दिएका छन्। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले हाल गृहमन्त्रीले थालेका सुधारका प्रयास सकारात्मक रहेको भन्दै त्यसलाई निरन्तरता दिन आग्रह गरे।

पुनका अनुसार विगतमा गृहमन्त्रीहरू आफ्नै पार्टीभित्रबाट आउने हस्तक्षेपका कारण प्रभावकारी काम गर्नबाट रोकिने गरेका थिए। उनले अब त्यस्तो अवस्था अन्त्य हुनुपर्ने बताउँदै सुशासनका लागि स्वतन्त्र र दृढ निर्णय आवश्यक रहेको धारणा राखे।

उनले देशमा बढ्दो अपराध र भ्रष्टाचार नियन्त्रण गर्न कठोर कदम आवश्यक रहेको उल्लेख गर्दै कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए। “जो कोही अपराधमा संलग्न भए पनि तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ,” पुनले स्पष्ट पारे।

सांसद पुनले आफू संसदमा प्रतिपक्षी भूमिकामा रहने बताउँदै सही काममा साथ दिने तर गलत कदमको खुलेर विरोध गर्ने प्रतिबद्धता पनि जनाए। उनले गृहमन्त्रीलाई जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...

मकवानपुरमा श्रम संस्कृति पार्टीको जिल्ला बैठक सम्पन्न

मकवानपुर, – श्रम संस्कृति पार्टी मकवानपुर जिल्ला समितिको बैठक जिल्ला अध्यक्ष युनेश लामा सिंतानको अध्यक्षतामा...

आज २०८२ साल चैत २२ गतेको राशिफल

आज चैत २१, २०८२ ( अप्रिल ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा ३ केन्द्रबाट परीक्षा सञ्चालन, एक महिनामै नतिजा आउने भएपछि विद्यार्थी उत्साहित

रङ्गेली, मोरङ –  मोरङको रङ्गेली नगरपालिकामा तीनवटा परीक्षा केन्द्रबाट वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। रङ्गेलीस्थित...

राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि

काठमाडौं, – पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र निर्वाचनपछि देशको दिशा र भविष्यप्रति विभिन्न कोणबाट बहस...